१७ असार २०८३, बुधबार

नङ किन टोक्छन् मान्छे ?

फागुन १३, २०७६
नङ किन टोक्छन् मान्छे ?

संसारमा लगभग ६० करोड मानिस नङ टोक्ने गर्छन्। मनोवैज्ञानिकहरूका अनुसार, मानिसहरू चिन्तित वा बोर हुँदा अनायासै नङलाई दाँतमुनि पार्छन्। यो एक प्रवृत्ति मात्र हो । 

नङ चपाउनु गलत भएको भनी बच्चाहरूलाई बताउँदा पनि केहीले छोड्दैनन् र पछि ठूलो हुँदासम्म चपाउने बानी बस्छ।

नङ चपाउनुले मानसिक तनाव र अब्सेसिभ कम्पल्सिभ डिसअर्डरको संकेत दिन्छ। मनोवैज्ञानिकहरूले नङ टोक्नु गम्भीर बिरामीको संकेत भएको बताएका छन्। अनि टोक्दा नङको मूल आकार पनि बिग्रन्छ।

खासमा नङ चपाउनु व्यक्तित्वको अस्थिरताको संकेत हो। कुनै जटिल समस्याको समाधान निकाल्न नसक्दा मानिसहरू रनभुल्लमा परेर नङ चपाउँछन्। यसो गरेर उनीहरू आफ्नो रिस उतार्छन्।

नङ चपाउने मानिसहरू अतिवादको शिकार हुन्छन्। अत्यधिक महत्त्वाकांक्षा भएका वा आफूलाई बेकामे ठान्ने मानिसले नङ चपाउँछन्। तर ९० प्रतिशत नङ चपौवाहरू हीन भावना पाल्ने नै हुन्छन् 

आँकडाअनुसार नङ चपाउने बानीबाट सबभन्दा बढी प्रभावित १४ देखि २५ वर्षका युवा हुन्। यसमा ३४ प्रतिशत महिला छन् भने ६६ प्रतिशत पुरुष पर्छन्।

salt training

कमेन्ट गर्नुहोस्