कोरोना भाइरस (कोभिड १९) को त्रासका कारण स्कूल/कलेज बन्द भएपछि राजधानीबाट घर फर्किनेक्रम शुरू भएको छ ।
सरकारले एसईई सहितका सबै खाले परीक्षा स्थगित गरेको छ भने स्कूल/कलेज पनि बन्द भएका छन् । कक्षा ९ सम्मको परीक्षा भने सम्पन्न भइसकेको छ ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार अरू दिनको तुलनामा पछिल्ला दिनमा उपत्यकाबाट घर जाने यात्रुको सङ्ख्यामा वृद्धि भएको छ ।
कलंकी, बसपार्क, कोटेश्वर, बल्खु लगायतका क्षेत्रमा काठमाडौंबाट बाहिरिने यात्रुको चाप केही बढेको छ ।
महाशाखाका प्रवक्ता, प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठ कक्षा ९ सम्मको वार्षिक परीक्षा सकिएकाले बिदा मनाउनका लागि यात्रुहरू उपत्यका छाड्ने क्रम बढेको बताउँछन् ।
हेर्नुहोस्, कलंकी चोक हुँदै राजधानी बाहिरिएका यात्रुहरू :