२५ असार २०८३, बिहीबार

‘बेबी डल’ गीतबाट प्रसिद्ध भएकी कनिका कपूरलाई कोरोना, विमानस्थलबाट भागिन्

चैत ७, २०७६
‘बेबी डल’ गीतबाट प्रसिद्ध भएकी कनिका कपूरलाई कोरोना, विमानस्थलबाट भागिन्

बलिउडकी प्रसिद्ध गायिका कनिका कपूरलाई कोरोनाभाइरस लागेको छ । उनी शनिवार लन्डनबाट लखनउ आएकी थिइन् । 

विमानस्थलमा उनी ग्राउन्ड स्टाफसँग मिलेर वाशरूमबाट भागेको बताइएको छ । 

कनिकाले आइतवार लखनउको ग्यालेन्ट अपार्टमेन्टमा एक पार्टी आयोजना गरेकी थिइन् र त्यसमा लखनउका ठूला अधिकारी र अनेकौं नेता थिए । 

अहिले कनिकाको पूरै अपार्टमेन्टमा हडकम्प मच्चिएको छ । 

कनिका लखनउको ताज होटलमा बसेकी थिइन् र होटलका कर्मचारी पनि डराएका छन् । अनि कनिका बस्ने अपार्टमेन्टका धेरैजसो मानिस भवन छोडेर अन्तै जान थालेका छन् । कनिकाको परिवार त्यही भवनमा बस्छ र अहिले परिवारलाई क्वारेन्टाइनमा राखिएको छ । 

स्वास्थ्य विभागले कनिकाको सम्पर्कमा आएका सबै मानिसलाई कल गरेर सेल्फ आइसोलेट गर्न भनेको छ । कनिकामा मात्र कोरोना भेटिएको हो, अरूमा अहिलेसम्म देखिएको छैन । 

कनिका कपूरले बेबी डल, चिट्टिया कलाइयाँ, देसी लुक जस्ता सुपरहिट गीत गाएकी छन् । 
 

salt training

कमेन्ट गर्नुहोस्