१९ असार २०८३, शुक्रबार

विद्यालयमा नतिजा प्रकाशन र भर्ना स्थगित गर्ने निर्णय

चैत ७, २०७६
विद्यालयमा नतिजा प्रकाशन र भर्ना स्थगित गर्ने निर्णय
प्रतिकात्मक तस्वीर

कास्कीका संस्थागत विद्यालयहरूले कोरोना भाइरसले विश्वव्यापी पारेको प्रभावलाई दृष्टिगत गर्दै अर्को सूचना जारी नहुँदासम्मका लागि नतिजा प्रकाशन र भर्ना स्थगित गर्ने निर्णय गरेका छन् ।

जिल्लामा क्रियाशील संस्थागत विद्यालयसँग आबद्ध युनिप्स नेपालका अध्यक्ष सन्तबहादुर गुरुङ, नेशनल प्याब्सनका अध्यक्ष हेमन्त अधिकारी र प्याब्सनका अध्यक्ष प्रेमप्रसाद शर्मा सुवेदीले शुक्रवार संयुक्त विज्ञप्ति जारी गर्दै अर्को सूचना जारी नहुँदासम्म शैक्षिक सत्र २०७६ को वार्षिक परीक्षाको परीक्षाफल तयार पारिराख्ने तर नतिजा प्रकाशन र विद्यार्थी भर्नाको कार्यक्रम स्थगित गर्ने जनाएका हुन् ।

वर्तमान परिस्थितिले राष्ट्रिय एवं अन्तरराष्ट्रिय क्षेत्रमा पारेको र पार्न सक्ने संकटप्रति संगठनको दायित्वलाई आत्मसात् गर्दै आ–आफ्नोे क्षेत्रमा स्थानीय परिवेशअनुरुप सामाजिक उत्तरदायित्व बहन गर्ने विज्ञप्तिमा जनाइएको छ ।

कोरोना भाइरसको प्रकोपका कारण विश्वभरि र नेपालमा पनि देखिएको विषम परिस्थितिमा राष्ट्रिय एवं अन्तरराष्ट्रिय संघसंस्थाले देखाएको सजगता र सावधानी साथै नेपाल सरकारले गरेको निर्देशन समेतलाई ध्यानमा राख्दै अर्को सूचना नआउँदासम्मका लागि उक्त निर्णय गरिएको विज्ञप्तिमा भनिएको छ ।

सम्पूर्ण विद्यार्थी, अभिभावक, शिक्षक, कर्मचारी र आम समुदायमा कोरोना भाइरसको प्रभावबाट सुरक्षित रहन विज्ञप्तिमार्फत आग्रह गरिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्