१० साउन २०८३, आइतबार

क्वारेन्टाइनका सामग्री बोकेको ट्रक दैलेखमा दुर्घटना, चार घाइते

चैत २०, २०७६
क्वारेन्टाइनका सामग्री बोकेको ट्रक दैलेखमा दुर्घटना, चार घाइते

कर्णाली राजमार्गको दैलेख सडकखण्डमा बिहीबार राति ट्रक दुर्घटना हुँदा चार जना घाइते भएका छन्।

कर्णाली प्रदेशको राजधानी सुर्खेतबाट क्वारेन्टाइनका सामग्री लिएर  ठाटीकाँध गाउँपालिका जाँदै गरेको भे १ ख २७३० नम्बर को मिनी ट्रक कर्णाली राजमार्गअन्तर्गत दुल्लु सडकखण्डको दुल्लु नगरपालिका –३ सियालामा दुर्घटनामा परेको थियो। 

ट्रक सडकभन्दा तीन सय मिटर तल खसेको थियो।  घाइते हुनेमा ठाटीकाँध –६ का २३ वर्षीय चालक सागर शाही, दुल्लु –२ की २२ वर्षीया लक्ष्मी थापा, सोही वडाकी १७ वर्षीया रमिला थापा र  जुम्ला जिल्ला सिंजा गाउँपालिका -६ का १८ वर्षीय कर्णबहादुर बुढा  छन् । घाइतेको उपचारका लागि प्रदेश अस्पताल सुर्खेत लगिएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी नायब उपनिरीक्षक हरिबहादुर ओलीले जानकारी दिए।

salt training

कमेन्ट गर्नुहोस्