
टाटा जेन्युन् पार्ट्सका आधिकारिक बिक्रेता सिप्रदी अटोपार्ट्स प्रालिले आफ्ना च्यानल पार्टनर्सको दोस्रो पुस्तालाई लक्षित गर्दै पहिलो पटक 'Channel Partners Entrepreneurship Development 2026' तालिम शुरू गरेको छ।
सिप्रदी ट्रेनिङ सेन्टरको सहकार्यमा आयोजित तालिमको उद्देश्य स्थापित अटोपार्ट्स व्यवसायलाई निरन्तरता दिनु, पुस्तान्तरणलाई सहज बनाउनु र युवा व्यवसायीलाई स्वदेशमै उद्यमशीलताको अवसर पहिचान गराउनु रहेको कम्पनीले जनाएको छ। तालिममार्फत व्यवसायलाई आधुनिक ढंगले सञ्चालन गर्ने सीप पनि प्रदान गरिनेछ।
कार्यक्रमको उद्घाटन सिप्रदीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) राजनबाबु श्रेष्ठ, प्रमुख सञ्चालन अधिकृत (सीओओ) राजेशप्रसाद गिरी, सिप्रदी अटोपार्ट्सका सिनियर जनरल म्यानेजर युवराज बुढाथोकी र जनरल म्यानेजर (एचआर) शारदा रानाले संयुक्त रूपमा गरेका थिए।
पहिलो चरणमा ९ जना च्यानल पार्टनर्सका उत्तराधिकारी युवा व्यवसायी सहभागी छन् । उद्घाटन सत्रमा सहभागीहरूले तालिमप्रति आफ्ना अपेक्षा, व्यावसायिक योजना र भावी दृष्टिकोण प्रस्तुत गरेका थिए।