
बझाङ केन्द्रबिन्दु भएर बुधबार बिहान ४.२ म्याग्निच्युडको भूकम्प गएको छ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहान ४:४० बजे बझाङको कोटदेवल आसपास केन्द्रबिन्दु भएर ४.२ म्याग्निच्युडको भूकम्प गएको हो।
हालसम्म भूकम्पबाट मानवीय वा भौतिक क्षतिको विवरण प्राप्त भएको छैन। यद्यपि भूकम्पको धक्का बझाङसहित आसपासको क्षेत्रमा महसुस भएको थियो ।