१२ साउन २०८३, मंगलबार

भोकभोकै गाउँ हिँडेका श्रमिकप्रति (कविता)

बैशाख ५, २०७७
भोकभोकै गाउँ हिँडेका श्रमिकप्रति (कविता)

सुजन बुढाथोकी
 

गाउबाट आफ्नै आमा मरेको खवर 

थहा आएपछि

अनि विषम भोकमारी लाग्दा ,पनि

यो सहरमा कहि राहत नपाएपछि

मज्दुरि गर्ने कामदार 

रामे

अनि कलेज पड्ने बिध्यार्थी 

घने

काधमा बेरोजगारका

भारि झोलाहरुसङ्गै

मास्टर डिग्री पढेका सर्टिपिकेट

भोकाएको पेट

अनि बिराम बाउ आमाको दबाइ किन्न्न 

बिलकुल खाली हात र 

रित्तोरित्तो प्याकेट बोकेर

त्री.बि .बिमानस्थलबाट

परदेस पलायन भएको 

कुनै एकहुल नौजवनान

नेपाली सपनाहरु झै गरेर

अनि एकसाथ उनिहरु 

यो सहर छाडेर गाउँतर्फ झरेका हुन। 

बाटोकिनारमा कोरोनाको रछ्यार्थमा

खटिरहेका ए देसका बहादुरहरु ।

कोरोना रोग लागेर किमार्थ

उनिहरु गाउतर्फ भागेका हैनन ।

भोक लागेर,!

शोक परेर!

आफ्ना मज्दुर बाउले

यो देस्को माटोमा उब्जाएका गाउका निसुल्क अन्नहरु

जस्ले लकडाउन अघाबै सित्तैमा सहरको भुँडी भर्यो

हो उनैलाइ सम्झिएमा

अनि आफ्नै मृत मातृत्वको मायाले

छयतबिछ्यत भएर

छातीमा एकसाथ बज्रपात 

र टाउकोमा यो सिङ्गो आकासको भार बेकेर

एकसाथ उनिहरु गाउतर्फ लागेका हुन सरकार।

कोर्ना लागेर गाउतर्फ भागेका हैनन उनिहरु 

आफै अकाल मर्न लागेर गाउतर्फ लागेका हुन।

यसैले,ऐले उनिहरु जान दिनुहोस।

किनकी,उनिहरु निर्धोस छन ।

सारा सर्बहारा र बेसाहाराहरुको निमित्त 

बिगतमा नारा लगाएर 

अनि उनिहरुको भोट

किन्ने ती ओठहरुले

अर्को एउटा अभिभारा बिर्सिएको छ आज ।

बिध्यार्थी अनि मजदुर!

जस्ले बर्तमानमा

यो देसको भबिस्य बोकेको छ

तर,यो सहरमा उनिहरुको यात्रा रोकिएदेखि

बिच सफरमा आज कानुनले उनिहरुलाइ रोकेछ ।

आफ्नै किसान बाउले गाउमा उब्जाएका

अन्नहरु खान नपाएर यो सहरमा भोकाएर छटपटाइरहेको 

कुनै मनुस्यको 

चित्र हो यो बिध्यार्थी रामेको

र मरेकी आफ्नि आमाको 

लासमाथी बसेर अघाउजी रुन नपाएर

कारागारबाट बाहिर जान नसकेर

अनि कारागारमै छट्पटाइरहेको कुनै

परदेशी मित्रको चरित्र हो यो

मानौ,मज्दुरी गर्ने घनेको।

र घायल भएर यसैले ऐले उनिहरु

यो देसमा 

लकडाउनका नियम कानुनलाइ

उल्लङ्गघन गरेर गाउँ हिडेका हुन ।

सरकार उनिहरु निर्दोस छन

यसैले उनिहरुलाइ जान दिनुहोस ।

हजार मायलको लामो यात्रा तय गरेर पैदल

गोरोटो गल्लिहरु हुँदै

बेपर्बाह बाघभालु भुत नत भाइरस नै

अन्धकार कालरात्रीहरुमा एकनास 

कुनै माउन्टेन यात्रीहरु झै गरि

अबिरल निर्भय हिडिरहेछन उनिहरु

सरकार उनिहरुको बाटोमा प्रकाश भएर उभियोस।

हजार मायलको लामो यात्रा तय गरेर

गोरोटो गल्लिहरु हुँदै 

हिडिरहेका अथक यात्रीहरु हुन उनिहरु 

सरकार 

उनिहरुको बाटोमा 

सवार भएर उभियोस ।

यस्तै सपना थियो 

उनिहरुको

अन्तत बिच बाटोमै

उनिहरुको खर्च र खाना सकियो।

कुनै सामन्तबादी मालिकको

घरमा 

चर्को घाममा 

पानीको एक बोतल प्यालाको भरमा

बिनादाम

ज्यालादरमा काम गरिरहेको कुनै श्रमिक झै

उनिहरु हिडिरहन्छन भोक भोकै

सहरभर सहयोग माग्दै

बिच सहरमा

मानौ,मुर्छिएर दुबै जना 

नदिको किनार नजिकै बिराम पर्छन 

सारा सन्सारलाइ हार गुहार गर्छन

उनिहरु

तर अफसोच,

कसैले सुन्दैनन उनिहरुको आबाजलाइ ।

जसरी कि देसको सत्र सपनाहरु देखेर

प्रवाशमा भासिएको 

कुनै अलपत्र अप्रबाशी नेपाली

गाँस,बाँस र कपास सकिएर

सुकुम्बाशी झै ज्युदो लास जस्तो तड्पिरहेको बेलामा

जहाँ ,सक्दैन नेपाल दुताबासले 

उनिहरुलाइ उनिहरुको घर पठाउनलाई ।

पिठ्युभर देसको भार 

अनि झोलाभित्र रास्ट्रीय स्वाभिमान बोकेर

हिडिरहेका इमान्दार इन्सानहरुको लागि 

खै कहाँ छ सरकार 

अनि खै कहाँ छ देस?

आज नागरिकताले भरिएका झोलाहरुभित्र भने

रास्टृयता हराएको छ ।

जरुर भोलि बिहानको उज्यालो घामहरुमा 

हामी हाम्रो घर पुग्छौ र हामी गर्छौ

रात हरेकका लागि आउँछ 

निश्चय भोलि बिहानको सुर्योदयले

सौनौलो नेपालको भबिस्य बोकेर आउनेछ।

यसैले ऐलेलाइ सुत घने सुत

सुत श्याम सुत 

कुनै दिन हाम्रो पनि दिन आउनेछ 

अनि यो जिन्दगि रङ्गिन हुनेछ 

र देस नवीन

यसैले ऐलाइ सुत घने सुत

सुत रामे सुत !

सायद,यस्तै यस्तै सपना देखेर निदाएथे

उनिहरु एकसाथ

त्यो रात

तर, अफसोच उनिहरु आज सम्म पनि ब्युझिएनन ।

अर्थात,

खोलाको धारमा अन्तत उनिहरु अकाल मर्दछन।

भोलिपल्ट नेपालभर अखबारमा 

समाचार छापिन्छ 

जहाँ ,बेखबर रहन्छ सरकार।

र जहाँ नदिकिनारमै चिहान खनेर

गाडिन्छ उनिहरुलाइ 

लावारिश लास 

या कुनै जनवार झै 

गरेर अनि पुरिन्छ उनिहरुलाइ ।

बिचार गरिरहेछु 

उपचार भएर अस्पतालमा कैले आउँछ डाक्टर

अनि आहार भएर अनिकालमा कैले आउँछ सरकार

खान नपाएर कोठाभित्रै छट्पटाइरहेको

आम नागरिक 

अनि गाउँ जान नपाएर

सडकमै तड्पिरहेका 

पिडित श्रमिकहरुको निमित्त 

हराइरहेको 

यो न्यायोचित सरकार ! 

उनिहरुको नैसर्गिक अधिकार भएर 

नेपालमा कैले आउछ ?

डाक्टर !अझै अफसोच लागिरहेछ मलाइ आज

किनकी,कोरोना रोग लागेकै अभियोगमा

हिजो अस्पातालले कसैलाइ बहिस्कार गरेको थियो

अनि कै पनि उपचार नपाएर 

अन्तत उनिहरुको आमाले अकाल मर्नुपरेको थियो ।

र,मर्नु अघाबै हजारौ हजार मान्छेहरु

केही मागिरहेछ आज

तर,किन अझै चुप लागिरहेछ सरकार?

मोरङ्ग

salt training

कमेन्ट गर्नुहोस्