मंसिर १४, २०८०
नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...
बैशाख ११, २०७७
सेती प्रादेशिक अस्पताल धनगढीमा अब १ जना मात्रै कोरोना भाइरस संक्रमित बिरामी निको हुन बाँकी रहेका छन् ।
बिहीवार १ जना थप गरी ४ जना संक्रमित उपचारपछि घर फर्किएपछि अब १ जना मात्रै उपचारको क्रममा रहेका छन् ।
उपचारको क्रममा रहेकी धनगढी उपमहानगरपालिका–५ की ३४ महिलाको स्वास्थ्य अवस्था सामान्य रहेको सेती प्रादेशिक अस्पतालले जनाएको छ । उपचाररत महिलामा कोरोनाको ‘स्थानीय’ संक्रमण रहेको छ । देवरबाट उनमा कोरोना संक्रमण भएको थियो ।
बिहीवार लम्कीचुहा नगरपालिका–१ की ६५ वर्षीया महिलाको रिपोर्ट नेगेटिभ आएपछि उनलाई डिस्चार्ज गरिएको अस्पतालका सूचना अधिकारी दिलिप श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार २ पटक रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको हो । उनी वीरगञ्जबाट आएर १२ दिन क्वारेन्टाइनमा बसेकी थिइन् भने चैत २२ गते कोरोना पुष्टि भएको थियो । उनीसँगै निको हुनेको संख्या ४ जना पुगेको छ ।
बुधवार कञ्चनपुर जिल्लाको बेदकोट नगरपालिका–९ का ४० वर्षीय पुरुष घर फर्किएका छन् । कोरोना पुष्टि भएपछि सेती प्रादेशिक अस्पताल धनगढीमा उपचाररत उनी डिस्चार्ज भएपछि घर फर्किएका थिए ।
११ जनाको समूहमा भारतको उत्तराखण्डबाट कञ्चनपुरको ब्रह्मदेव नाका हुँदै नेपाल प्रवेश गरेका उनलाई चैत १४ गतेदेखि बेदकोट नगरपालिका–९ स्थित कृषि पाइलट फर्मको क्वारेन्टाइनमा राखिएको थियो । कोरोना पुष्टि भएपछि चैत्र २२ गते उपचारको लागि उनलाई सेती प्रादेशिक अस्पताल ल्याइएको थियो ।
वैशाख ९ गते धनगढी उपमहानगरपालिका–५ निवासी ३४ वर्षीय पुरुष उपचारपछि निको भएर घर फर्किसकेका छन् । उनी २९ दिनपछि घर फर्केका हुन् ।
उनी चैत ७ गते दुबईबाट भारतको राजधानी दिल्ली हुँदै काठमाडौंबाट नेपालगञ्ज जहाजमा र त्यसपछि बस, अटोरिक्सा हुँदै चैत ८ गते घर पुगेका थिए ।
दुबईमा पनि बिरामी परेका उनलाई कोरोनाको जस्तै लक्षण देखिएपछि चैत ११ गते सेती प्रादेशिक अस्पताल भर्ना गरिएको थियो । उनको थ्रोट स्वाबको रिपोर्ट चैत १४ गते पोजेटिभ आएपछि उनलाई सेती प्रादेशिक अस्पतालको आइसोलेसनमा राखिएको थियो ।
कैलालीकै लम्कीचुहा नगरपालिका–९ प्रतापपुरका २१ वर्षीय पुरुष १६ दिनपछि घर फर्किसकेका थिए । भारतबाट आएका उनलाई चैत २२ गते कोरोना संक्रमणको पुष्टि भएको थियो । दोस्रो र तेस्रो रिपोर्ट नेगेटिभ आएपछि उनलाई वैशाख ७ गते डिस्चार्ज गरिएको थियो ।
नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...
पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...
पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...
तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...
उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...
बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...