माघ १८, २०८०
सत्ता र शक्तिको आडमा गैरकानूनी ढंगले सरकारी जग्गा हडप्ने नेपालको शक्तिशाली व्यापारिक घराना चौधरी ग्रुपमाथि राज्यको निकायले पहिलोपटक छानबिन थालेको छ । काठमाडौंको बाँसबारीमा ठूलो परिमाणमा सरकारी जग्गा...
सरकारको नेतृत्व गरिरहेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) फेरि एकपटक दुर्घटनाबाट जोगिएको छ ।
२०७५ जेठ ३ गते तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच एकता भएपछि पहिलोपटक नेकपाको विवाद निकै पेचिलो बनेको थियो।
सरकार र पार्टीको अन्तरसंघर्षका कारण नेकपाभित्र खटपट शुरू भएको थियो ।
विवाद लम्बिँदै जाँदा नेकपाभित्र केपी ओली समूह एकातिर तथा पुष्पकमल दाहाल ‘प्रचण्ड’ एवं माधवकुमार नेपाल समूह अर्कोतिर भएका थिए ।
एकले अर्कोलाई सिध्यउन नेकपा विवाद अंकगणितीय खेलमा प्रवेश गर्दै थियो ।
‘यसपटक नेकपाभित्रको विवाद निकै पेचिलो बन्दै जाँदा पार्टी विभाजनको स्थितिमा पुग्ने खतरा थियो, तर महासचिव विष्णु पौडेल लगायतका केही नेताको समन्वयकारी भूमिकाका कारण दुर्घटना टर्यो,’ नेकपाका एक केन्द्रीय सदस्यले लोकान्तरसँग भने ।
अनियन्त्रित भइसकेको नेकपाको डुंगा सम्हाल्न महासचिव विष्णु पौडेलले निर्णायक भूमिका खेलेको नेकपाका नेताहरूको बुझाइ छ ।
थोरै बोल्ने तर काम फत्ते गर्ने उनको स्थापित शैली छ ।
प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओली सरकारको काममा व्यस्त हुँदा पार्टी काममा प्रचण्डसँग पौडेल देशदौडाहामा सहभागी हुँदै आएका थिए । पूर्वमाओवादी खेमाका नेताहरूसँग पनि उनले उस्तै सुमधुर सम्बन्ध बनाए ।
पौडेललाई निकटबाट चिन्ने नेकपा केन्द्रीय सदस्य एवं राष्ट्रिय सभामा नेकपाका प्रमुख सचेतक खिमलाल भट्टराई नेताहरूलाई मिलाउने मामिलामा पौडेल जहिले पनि सफल रहँदै आएको स्मरण गर्छन् ।
‘विचारमा स्पष्टता र व्यवहारिक लचकता देखाउन सक्ने नेताको रूपमा उहाँले आफ्नो छवी बनाउनुभएको छ,’ भट्टराईले लोकान्तरसँग भने, ‘विगतमा पनि नेताहरूलाई मिलाउने कुरामा उहाँको भूमिका रहँदै आएको छ । अहिलेको विवादित विषयलाई समाधान गर्न उहाँले नेताहरूलाई विश्वासमा लिने काम गर्नुभयो र अन्ततः संकट समाधानमा निर्णायक भूमिका खेल्नुभयो ।’
निकटस्त स्रोतहरूका अनुसार पार्टीभित्रको विवाद उत्कर्षमा पुगेको समयमा पौडेलले प्रधानमन्त्री, अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाल र वामदेव गौतमसँग पटक–पटक भेट गरेर समाधान खोज्न प्रयत्न गरेका थिए ।
नेकपा स्रोतका अनुसार वामदेवलाई प्रतिनिधि सभामा लगेर प्रधानमन्त्री बनाउने मध्यमार्गी विकल्प पनि पौडेलले सुझाएका हुन् ।
यसअघि गौतम राष्ट्रिय सभामा जाने चर्चा थियो । गत फागुन १४ गते बसेको नेकपा सचिवालय बैठकले गौतमलाई राष्ट्रिय सभामा सिफारिश गर्न सरकारलाई आग्रह गरेको थियो ।
सचिवालयको बैठकले दिएको निर्देशन नमान्ने ओलीको अडानका कारण नेकपाभित्र विवाद शुरू भएको थियो ।
त्यसपछि गौतमको निवासमा प्रचण्ड, नेता नेपाल, झलनाथ खनाल सहितको बैठक बसेको थियो ।
‘व्यक्तिगत आलोचना र प्रशंसा दुवै नहेरी सरकारको स्थायित्व र पार्टी एकतामजबुत बनाउने काममा महासचिव पौडेल एकोहोरो लागिपर्नुभयो,’ ओली निकट एक शीर्ष नेताले लोकान्तरसँग भने, ‘पार्टी या सरकारमा जबजब संकट उत्पन्न हुन्छ, पौडेल द्वन्द्वरत दुवै पक्षसँग सघन छलफल गर्नुहुन्छ र कन्भिन्स गराउन सफल हुनुहुन्छ । यसपटक पनि उहाँले त्यो क्षमता देखाउनुभयो ।’
सरकारले राजनीतिक दलसम्बन्धी अध्यादेश र संवैधानिक निकायको काम, कर्तव्य र अधिकारसम्बन्धी अध्यादेश ल्याएपछि नेकपाभित्रको विवाद उत्कर्षमा पुगेको थियो ।
यसबीचमा ‘भैँसेपाटी गठबन्धन’ झन् मजबुत भयो । नेताहरूको दबाबका कारण सरकार अध्यादेश फिर्ता गर्न बाध्य भयो ।
अध्यादेश फिर्तापछि गत बुधवार बसेको बैठकमा आफ्नो राजीनामा माग गरिएपछि प्रधानमन्त्री एवं नेकपा अध्यक्ष ओलीले कोरोना संकट सकिएपछि गौतमलाई संसद्मा ल्याउने र प्रधानमन्त्री बनाउने प्रस्ताव गरे । त्यसपछि नेकपा विवादको आइसब्रेक भयो ।
शनिवारको सचिवालय बैठकले गौतमलाई प्रतिनिधि सभामा ल्याउने निर्णय गरेको छ । ‘वामदेव कमरेडलाई निर्वाचन जिताएर प्रतिनिधि सभामा ल्याउने र त्यसपछि प्रधानमन्त्री बनाउने गरी जसरी सहमति भयो, यसमा पनि उहाँले भूमिका खेल्नुभयो भन्ने लाग्छ,’ भट्टराईले भने ।
वैशाख ११ गते ओलीइतर समूहका नेताको बैठकमा सहभागी भएपछि नेकपाभित्र समीकरण बदलिएको चर्चा चल्यो । पौडेलले ओली क्याम्प छाडेको या युटर्न गरेको टिकाटिप्पणी भयो ।
‘जहिले पनि नेताहरूलाई मिलाउने, विश्वासमा लिने र समाधन दिने कुरामा उहाँको भूमिका देखिन्छ । सबै नेतासँग सम्बन्धमा रहने र विभाजित पक्षलाई एकठाउँमा उभ्याउन उहाँले फेरि एकपटक कडा मेहेनत गर्नुपर्यो,’ भट्टराईले लोकान्तरसँग भने, ‘प्रधानमन्त्रीको विश्वास लिने र उहाँसँग नजिक रहेर अन्य नेताहरूलाई मिलाउने काम गर्नुभयो ।’
समकालीन नेतामा पौडेलमा खास विशेषता छन् । उनी आलोचनाबाट हत्तपत्त आत्तिदैनन् । उनी अरूको कुरा ध्यान दिएर सुन्छन्, तर कमै मात्र प्रतिक्रिया जनाउँछन् ।
कुनै पनि विषयमा हत्तपत्त प्रतिबद्धता व्यक्त गर्दैनन् तर जुन विषयको जिम्मेवारी लिन्छन्, त्यो पूरा गरेरै छाड्छन् ।
‘प्रायः नेताहरू एक अर्काको आलोचना गर्ने या षड्यन्त्रका तानाबाना बुन्ने काममा व्यस्त रहन्छन्,’ एक स्थायी कमिटी सदस्यले लोकान्तरसँग भने, ‘पौडेलचाहिँ अरूको कुरा काट्ने या एकले अर्कालाई सिध्याउने खेलमा कहिल्यै लाग्दैनन् ।’
पौडेल सुझबुझपूर्ण हिसाबले निर्णय लिन्छन् ।
‘कुनै विषयमा अडान लिनुअघि या धारणा बनाउनुअघि धेरै सोच्छन्, तर जब निर्णय लिन्छन्, त्यसमा अडिग रहन्छन् ।’
पूर्वएमाले र पूर्वमाओवादी पार्टीलाई एक बनाउन पनि पौडेलले महत्त्वपूर्ण भूमिका खेलेका थिए ।
पढ्नुस् यो पनि :
शक्तिशाली कम्युनिस्ट पार्टीका शालीन महासचिव पौडेल : जो सधैं पुल बनिरहे
सत्ता र शक्तिको आडमा गैरकानूनी ढंगले सरकारी जग्गा हडप्ने नेपालको शक्तिशाली व्यापारिक घराना चौधरी ग्रुपमाथि राज्यको निकायले पहिलोपटक छानबिन थालेको छ । काठमाडौंको बाँसबारीमा ठूलो परिमाणमा सरकारी जग्गा...
फागुन २१ मा नाटकीय ढंगले सत्ता समीकरण बदलिएको दुई महिना पनि नबित्दै नयाँ समीकरणका लागि कसरत भइरहेको संकेत देखिएको छ । नेपाली राजनीति तथा सत्ताका खेलाडीसँग निकट विश्वसनीय स्रोतले भित्रभित्रै अर्को नयाँ स...
देशका विभिन्न शहरमा गरिब–मजदूरहरूले छाक काटेर सहकारीमा जम्मा गरेको पैसा बदनियतपूर्ण ढंगले हिनामिना गरेर टेलिभिजनमा लगानी गरेको विषयले बजार तातिरहेको छ, जसमा जोडिएका छन् रास्वपा सभापति रवि लामिछाने...
चरम आर्थिक संकटबाट गुज्रिएको श्रीलंकाले सन् २०२२ को अन्त्यतिर औषधि किन्ने क्षमता पनि गुमाएको थियो । ५० अर्ब डलरभन्दा बढीको विदेशी ऋण 'डिफल्ट' भएको थियो भने लाखौंले रोजगारी गुमाएका थिए । दशौं लाख मान्छे...
सरकारमा सहभागी मन्त्रीको कार्यक्षमतालाई लिएर प्रश्न उठेपछि अहिले सरकारमा रहेका मन्त्रीलाई फिर्ता बोलाएर मन्त्रिमण्डल पुनर्गठन गर्न सत्तारुढ दलहरूभित्र दबाब बढ्न थालेको छ । अपवादबाहेक सरकारमा सहभागी मन्त्रीले जनअपे...
सर्वोच्च अदालतको परमादेशले प्रधानमन्त्रीबाट पदमुक्त भएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटारबाट रित्तो हात फर्केका थिए, २०७८ असार ३० गते । संसद् विघटनको अवगाल छँदै थियो, लामो समय सँगै राजनीति गर...
२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...