
काठमाडौं, १३ वैशाख –कलाकार अजय अधिकारी ‘सुशिल’ले आमा बोलको गीत सार्वजनिक गरेका छन् । आमाको मुख हेर्ने दिनको अवसरमा पारेर कलाकार अधिकारीले गीत सार्वजनिक गरेका हुन् ।
गीतमा लय, शब्द, स्वर कलाकार अधिकारीकै रहेको छ । बाल्यकालमा आमाले भोगेको पीडालाई आफूले गीतमार्फत उतारेको अधिकारीले बताए ।