×

NMB BANK
NIC ASIA

सरकारले आर्थिक वर्ष २०७७/७८ का लागि ल्याएको बजेटमा निजी क्षेत्रका उद्यमी व्यवसायीहरूले थप स्पष्टता खोजेका छन् ।

Muktinath Bank

अर्थमन्त्री युवराज खतिवडाले बिहीवार प्रतिनिधि सभामा बजेट पेश गरेका थिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

शेखर गोल्छा 


Advertisment
Nabil box
Kumari

लोकान्तरसँग कुरा गर्दै उद्यमी तथा व्यवसायी शेखर गोल्छाले बजेट सकारात्मक भए पनि थप स्पष्ट हुनुपर्ने बताए । 

Vianet communication
Laxmi Bank

‘केही कुरा स्पष्ट छ, केही स्पष्ट छैन,’ गोल्छाले लोकान्तरसँग भने, ‘बजेट कन्जरभेटिभ लाग्यो । बजेटमा जोखिम बहन गर्नुपर्ने कुनै कुरा उल्लेख छैन ।’

गोल्छाले निजी क्षेत्रको अपेक्षाबमोजिम केही कुराहरू सम्बोधन गर्न खोजिएपनि थप स्पष्टता माग गरेका छन् । 

‘हामीले अपेक्षा गरेको हिसाबले हेर्ने हो भने विद्युत डिमाण्ड चार्ज, अनि महसूलमा छूट भनिएको छ, त्यो स्पष्ट भएन । उद्योगहरूमा २ तहको सहायता खोजेका थियौं, केहीमा करेक्सन छ तर केहीमा छैन । डिजेलमा भ्याट फिर्ता हुने कुरा थियो त्यो पनि भएन ।’

उनले थपे – होटेल र ट्राभलमा २० प्रतिशत कर छूट भनेको छ, त्यो चाहिँ राम्रो हो । साना उद्यमीहरूलाई कर छूट भनेका थियौं, ७५ देखि २५ प्रतिशतसम्म छूटको कुरा आयो । तर यो अनुसूचीमा होला, भाषण सुनेर मात्र स्पष्ट भएन ।

गोल्छाले १ खर्बको पुन:कर्जाको सहुलियत राम्रो भएको बताए । समग्रमा उनले स्पष्ट ढंगले आउनुपर्ने बजेटमा केही अस्पष्टता देखिएको बताए । 

पवन गोल्यान 

अर्का उद्यमी तथा व्यवसायी पवन गोल्यानले बजेट भाषणमा राम्रो सुनिएको तर कार्यान्वयनमा आफूले चुनौती देखिएको बताए । 

‘कृषि क्षेत्रलाई बढावा दिन मैले राखेको भिजन लगभग सबै आएको छ,’ गोल्यानले भने, ‘उत्पादन, भण्डारण र बजारसम्मको पहुँचका विषय समेटिएका छन् । वन पैदावार उपयोग गर्ने कुरा पनि राम्रो छ, अर्बौंको काठ आयात हुन्थ्यो । त्यो रोकिने वातावरण बनेको छ ।’

उनले मौलिक उत्पादनको प्रदर्शनी गरिने कुरा पनि स्वागतयोग्य रहेको बताए । 

‘उद्योगहरूलाई ५ प्रतिशत ब्याजमा लोन दिने कुरा पनि राम्रै हो,’ उनले भने, ‘पर्यटन उकास्न ५० अर्ब घोषणा हुनु र ५ प्रतिशत ब्याजमा जोन दिनेकुरा पनि राम्रै हो ।’

यो बजेट कार्यान्वयन हुन सक्ने हो भने एकदम राम्रो बजेट रहेको उनले बताए । 

अर्नराज सिलवाल 

व्यवसायी अर्नराज सिलवालले केही क्षेत्रमा मितव्ययिता अपनाउने गरी भएको घोषणा स्वागतयोग्य रहेको टिप्पणी गरे ।

‘गाडी खरिदलगायतका केही क्षेत्रमा खर्च नगर्ने कुरा आएको छ, जुन स्वागतयोग्य कुरा हो,’ सिलवालले लोकान्तरसँग भने, ‘आर्थिक आत्मनिर्भरताका लागि केही कुराहरू आएका छन् ।’

सीपमूलक तालिममा सरकारले छुट्याएको बजेट सही ढंगले सदुपयोग हुने हो भने राम्रो निष्कर्ष आउने उनको भनाइ छ । 

‘नवउद्यमीलाई दिने भनिएको स्टार्टअप बजेट सानो छ,’ सिलवालले भने, ‘कृषि क्षेत्रमा अलि फोकस कम भयो ।’

hAMROPATRO BELOW NEWS
TATA Below
माघ १५, २०८०

अन्तिम समयमा आएर कुनै फेरबदल नभएको खण्डमा सम्भवत: आज एनसेलको शेयर खरिद बिक्री सम्बन्धमा छानबिन गर्न सरकारले गठन गरेको समितिले आफ्नो अध्ययन प्रतिवेदन बुझाउने छ । बहस चरम उत्कर्षमा पुगेका कारण एक निजी कम्पनीको अप्...

माघ १८, २०८०

चरम आर्थिक संकटबाट गुज्रिएको श्रीलंकाले सन् २०२२ को अन्त्यतिर औषधि किन्ने क्षमता पनि गुमाएको थियो । ५० अर्ब डलरभन्दा बढीको विदेशी ऋण 'डिफल्ट' भएको थियो भने लाखौंले रोजगारी गुमाएका थिए । दशौं लाख मान्छे...

पुस ६, २०८०

एकाधबाहेक अधिकांश मन्त्रीले प्रभावकारी कार्यसम्पादन गर्न नसकेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वयंले मन्त्रीहरूलाई प्रस्ट चेतावनी दिएका छन् । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका ला...

मंसिर १०, २०८०

सरकारमा सहभागी मन्त्रीको कार्यक्षमतालाई लिएर प्रश्न उठेपछि अहिले सरकारमा रहेका मन्त्रीलाई फिर्ता बोलाएर मन्त्रिमण्डल पुनर्गठन गर्न सत्तारुढ दलहरूभित्र दबाब बढ्न थालेको छ । अपवादबाहेक सरकारमा सहभागी मन्त्रीले जनअपे...

माघ १८, २०८०

सत्ता र शक्तिको आडमा गैरकानूनी ढंगले सरकारी जग्गा हडप्ने नेपालको शक्तिशाली व्यापारिक घराना चौधरी ग्रुपमाथि राज्यको निकायले पहिलोपटक छानबिन थालेको छ । काठमाडौंको बाँसबारीमा ठूलो परिमाणमा सरकारी जग्गा...

माघ २, २०८०

आफ्नो तेस्रो कार्यकालको दोस्रो वर्षलाई प्रभावकारी बनाउने भनी दाबी गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस महामन्त्री गगन थापालगायत केही नेतासँग नियमित सल्लाह सुझाव लिन थालेका छन् । रा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x