
गण्डकी प्रदेशमा थप १ जनामा काेराेना भाइरस संक्रमण पुष्टि भएकाे छ ।
नवलपरासी बर्दघाट सुस्त पूर्व बुलिङटारका १६ वर्षीय किशाेरमा काेराेना संक्रमण भेटिएकाे प्रदेश स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएकाे छ ।
कपिलवस्तुकाे बाडगंगास्थित सिद्धार्थ क्याम्पसकाे क्वारेन्टाइनमा रहेका उनकाे स्वाब परीक्षणमा मंगलवार राति काेराेना संक्रमण पुष्टि भएकाे स्वास्थ्य निर्देशनालयका प्रमुख डा. विनाेदबिन्दु शर्माले विज्ञप्तिमार्फत जनाएका छन् ।
ती किशाेरकाे अहिले भरतपुरकाे काेराेना विशेष अस्पतालमा उपचार भइरहेकाे छ ।
यससँगै गण्डकी प्रदेशमा कुल संक्रमितकाे संख्या ३८ पुगेकाे छ । ती मध्ये ३ जना उपचारपछि निकाे भई घर फर्केका छन् ।
