२० असार २०८३, शनिबार

१६ वर्षीय किशाेरमा काेराेना संक्रमण, गण्डकी प्रदेशमा संक्रमितको संख्या ३८ पुग्यो

जेठ २१, २०७७
१६ वर्षीय किशाेरमा काेराेना संक्रमण, गण्डकी प्रदेशमा संक्रमितको संख्या ३८ पुग्यो

गण्डकी प्रदेशमा थप १ जनामा काेराेना भाइरस संक्रमण पुष्टि भएकाे छ ।

नवलपरासी बर्दघाट सुस्त पूर्व बुलिङटारका १६ वर्षीय किशाेरमा काेराेना संक्रमण भेटिएकाे प्रदेश स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएकाे छ ।

कपिलवस्तुकाे बाडगंगास्थित सिद्धार्थ क्याम्पसकाे क्वारेन्टाइनमा रहेका उनकाे स्वाब परीक्षणमा मंगलवार राति काेराेना संक्रमण पुष्टि भएकाे स्वास्थ्य निर्देशनालयका प्रमुख डा. विनाेदबिन्दु शर्माले विज्ञप्तिमार्फत जनाएका छन् ।

ती किशाेरकाे अहिले भरतपुरकाे काेराेना विशेष अस्पतालमा उपचार भइरहेकाे छ ।

यससँगै गण्डकी प्रदेशमा कुल संक्रमितकाे संख्या ३८ पुगेकाे छ । ती मध्ये ३ जना उपचारपछि निकाे भई घर फर्केका छन् । 

salt training

कमेन्ट गर्नुहोस्