मंसिर १४, २०८०
काठमाडौं- खान–पिनमा शौकीन व्यक्तिलाई कुनै विशेष खाद्य पदार्थको लाभ तथा हानीबारे जानकारी हुँदैन । उनीहरुलाई त्यो कुराले फरक पनि पर्दैन । किनकी त्यस्ता व्यक्तिलाई जुन खानेकुराको स्वाद मनपर्यो, त्यसलाई नखाइ ...
- कोरोना संक्रमण तरकारी, फलफूल लगायत अन्य खाद्यान्नबाट सर्दैन।
- संक्रमितसँग ५-१० मिनेट कुरा गर्दा सर्दैन।
- घरबाहिर जाँदा सबैले अनिबार्य रुपमा मास्क लगाउने हो भने कोरोना संक्रमण सर्ने प्रक्रिया ६५ प्रतिशत घट्छ। केही भाइरस मास्कबाट छिर्दैमा संक्रमण गराउन सक्ने भाइरल लोड पुग्दैन।
-एन-९५ मास्क लगायत महँगो मास्क प्रयोग गर्नु जरुरी हुँदैन| सामान्य सर्जिकल मास्क तथा २ पत्रे कटनको मास्कलाई घाममा राखेर वा धोएर पनि प्रयोग गर्न सकिन्छ।अमेरिका लगायत विकसित देशमा पनि यो प्रचलन कायम छ।
-आफ्नो पावरको वा पावर आवश्यक नभए सस्तो ब्राण्डको चस्मा लगाउनु सुरक्षित हुन्छ। त्यस्तै डिस्पोजेबल वा धुन मिल्ने पंजा लगाउँदा पनि सुरक्षित भइन्छ।
-संक्रमित व्यक्तिले संक्रमण भएको ११ दिनपछि टेस्टमा पोजिटिभ देखिएपनि सामान्यतया अरुलाई रोग सर्दैन।
- घर, कार्यालय तथा अन्य कार्यस्थलमा पर्याप्त उज्यालो र हावा छिर्ने बातावरण भएमा कोरोना भाइरस सर्ने सम्भावना कम हुन्छ।
- लामखुट्टे, झिंगा आदिबाट कोरोना संक्रमण सर्दैन।
- जेष्ठ नागरिक तथा अनियन्त्रित दीर्घरोगभएका व्यक्ति बाहेक अरुलाई कोरोना संक्रमण भएपनि डराउनु पर्दैन। २ हप्ता घरमै आराम गर्ने, पोषिलो खाना खाने, हल्का व्यायाम गर्ने तथा तनाव व्यवस्थापन गर्ने हो भने ९० प्रतिशत संक्रमितलाई आफैँ निको हुन्छ।
- रुघाखोकी लाग्दा कोरोना संक्रमण भयो कि भनेर डराउनु पर्दैन।
-नेपालमा देखिएको कोरोना संक्रमण ८५ प्रतिशत भारतबाट आएकोमा देखिएको छ।त्यो समूहलाई सीमामा होल्डिंग गरेर क्वारेन्टाइन, स्याहार, परिक्षण, संक्रमितलाई आइसोलेसन र संक्रमण नभएकालाई आफ्नो थातथलोमा पठाउने हो भने डरलाग्दो अवस्था आउँदैन।
- नेपालमा सबैभन्दा सुरक्षित ठाउँ पहाडी तथा हिमाली जिल्लाका गाउँ हुन्।
-गुर्जो, तुलसी, बेसार, ज्वानो, अदुवा, अश्वगन्धा, मरिच, चिराइतो, नीम, अमला लगायतका जडिबुटीले रोगसँग लड्ने क्षमता बढाउँछन्। कोरोना संक्रमणको उपचारमा यी जडिबुटीको सफल भूमिका धेरै देशमा देखिएको छ।|
- नेपालमा भएका अधिकांश मृत्यु कोरोनाले मात्र भएको हैन । परीक्षणमा कोरोना पनि देखिएको हो।
- नेपालमा हालसम्म सक्रमितमध्ये ९ प्रतिशत जोखिम वर्गमा पर्दैनन्। तसर्थ मृत्युदर हामीले सोंचेभन्दा कम हुन्छ।
- कोरोना अन्तराष्ट्रिय ब्राण्ड भएकोले ठूलो प्रचारमा आएको हो। प्रचारमा आए अनुसार यो घातक छैन। विश्वभर यो ५ महिनामा भएको मृत्युलाई अघिल्लो वर्षको यहि समयमा भएको मृत्युलाई तुलना गर्ने हो भने त्यति ठूलो फरक छैन।
-मन भनेको शरीरको ड्राइभर हो। मन बलियो भयो भने हामी दुर्घटनामा पर्दैनौं। मन कमजोर भयो भने टल्किने गाडी भएपनि तथा सुन्दर सडक भएपनि दुर्घटना हुन्छ।रोगसँग लड्न सक्छु भन्ने आत्मबल हामी सबैको हुनु जरुरी छ।
- हामी आत्मा अनुशाशनमा बस्यौं भने, उच्च मनोबल राख्यौं भने तथा सकारात्मक सोंच राख्यौं भने संक्रमण भएपनि हामीलाई खतरा हुँदैन।
- अन्य देश र हाम्रो देशको धरातलीय यथार्थता फरक छ, खानपान फरक छ, जीवनशैली फरक छ, जनघनत्व फरक छ। तसर्थ अन्य देशको अवस्था हेरेर डर मान्नुपर्दैन।
- रोजगारी, लगानी लगायत व्यवसायको कारण धेरै व्यक्तिमा चिन्ता देखिएको छ। कोरोना संक्रमणको जगजगी लामो समय रहँदैन। त्यसपछि हाम्रो मेहिनेतले जीवन अझै राम्रो हुनेछ।
- हामीले आफूलाई समय अनुसार परिवर्तन गर्नुपर्दछ, हाम्रा व्यवसाय परिवर्तन गर्नुपर्दछ। घाटा लाग्ने अवस्थामा कम घाटा खाने योजना बनाउनु पर्दछ। महामारीमा जीवनयापन गर्नको लागि हामीसँग धेरै विकल्प छन्, त्यसलाई चिन्न सक्नुपर्दछ।
- परिक्षणको दायरा बढेसँगै संक्रमितको पहिचान हुनेछ। संक्रमितको पहिचान हुनु, संक्रमितलाई स्वस्थ व्यक्तिसँग मिसिन नदिनु सकारात्मक विषय हो। यसले रोग नियन्त्रणमा ठूलो सहयोग गर्दछ।
- मन, प्रकृति र चेतनालाई ध्यानमार्फत एकाकार गरेर मनलाई शान्त गराउने, स्वासप्रश्वासको अभ्यास गर्ने, मनोरन्जन गर्ने, खाली दिमाग नबस्ने, व्यायाम गर्ने, राति ८ घण्टा सुत्ने र सत्यको बाटोमा हिँड्ने गर्यौं भने जीवन सुखमय हुन्छ।
काठमाडौं- खान–पिनमा शौकीन व्यक्तिलाई कुनै विशेष खाद्य पदार्थको लाभ तथा हानीबारे जानकारी हुँदैन । उनीहरुलाई त्यो कुराले फरक पनि पर्दैन । किनकी त्यस्ता व्यक्तिलाई जुन खानेकुराको स्वाद मनपर्यो, त्यसलाई नखाइ ...
कानेगुजीलाई बेवास्ता नगर्नुस् । यसले एमआरआई र एक्सरे नगरिकनै तपाईंको स्वास्थ्य समस्याका बारेमा बताइदिन्छ । १ तपाईंको कानेगुजीले गर्दा कान असाध्यै चिलाउँछ र तपाईं कान कन्याइरहनुहुन्छ भने तपाईंमा संक्रमण ...
काठमाडौं- आलु भान्सामा अनिवार्य रुपमा पाइने परिकार हो । आलु, अन्य सागसव्जी, तरकारीमा मिसाएर मात्र नभइ तरकारी बनाएर उसीनेर तारेर आदी विभिन्न तरिकारले पकाउन सकिन्छ । विश्वभर नै आलुको बढी प्रयोग हुने ...
मुख शरीरको महत्वपूर्ण अंग हो । खान, बोल्न र हाँस्नमा मुखको विशेष भूमिका हुन्छ । त्यसैले मुखको सरसफाइमा कुनै लापरबाही गर्नुहुँदैन । मुखको सफाइ नगर्दा गन्ध आउने मात्रै होइन, दाँत र गिजामा विभिन्न रोग निम्तिन पनि...
काठमाडौं –छिट्टै उर्जा प्रदान गर्ने फलको रुपमा चिनिने केराले तपाईलाई स्वस्थ्य मात्रै राख्दैन, केही जटिल प्रकारका रोगबाट पनि बचाउँछ । पूर्ण रुपमा पाकेको केराले तपाईको शरीरलाई धेरै प्रकारका र...
मुखबाट –याल निस्कनु राम्रो कुरा हो किनकि –यालले नै मुखलाई गिलो राख्छ । तर कतिपय मानिसको सामान्यभन्दा बढी नै –याल आउँछ । उठेको बेलामा भन्दा सुतेका बेलामा मुखभित्र धेर –याल ...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...