नवलपरासीको प्रतापपुर गाउँपालिकाका अध्यक्ष राजकुमार शर्माको आइतवार दुर्घटनामा मृत्यु भएको छ ।
गाउँपालिकाबाट जिल्ला विपद् व्यस्थापन समितिको परासीमा राखिएको बैठकमा सहभागी हुन गएका उनको बर्दघाटमा भएको दुर्घटनामा मृत्यु भएको हो ।
दुर्घटना भएको गाउँपालिकाको गाडी उनी आफैंले चलाएका थिए । अगाडिबाट साईकलमा आउँदै गरेको यात्रुलाई जोगाउन खोज्दा गाडी कल्भर्टमा ठोकिएको थियो ।
उनको उपचारको क्रममा चिसापानी अस्पताल बर्दघाटमा मृत्यु भएको हो । ५१ वर्षीय शर्मा नेपाली कांग्रेसबाट निर्वाचित अध्यक्ष हुन् ।