०८ साउन २०८३, शुक्रबार

अमेरिकाकी हिन्दू सांसद भन्छिन्– गीता पढेर शान्ति पाइन्छ

जेठ ३२, २०७७
अमेरिकाकी हिन्दू सांसद भन्छिन्– गीता पढेर शान्ति पाइन्छ

अमेरिकाकी पहिलो हिन्दू सांसद तुलसी गब्बार्डले अप्ठ्यारो पर्दा मानिसले श्रीमद्भगवद्गीता अध्ययन गर्दा शान्ति र शक्ति प्राप्त गर्न सक्ने बताएकी छन् । 
 

हिन्दू विद्यार्थीहरूका लागि २०२० को कक्षा नामक एक अन्लाइन कार्यक्रममा सहभागी भई गब्बार्डले यो कुरा बताएकी हुन् । 

अमेरिकाको हवाईबाट सांसद रहेकी गब्बार्डले अहिले अव्यवस्थाको वातावरणमा गीता अध्ययन गरेर श्रीकृष्णको भक्तियोग तथा कर्मयोगको अभ्यास गर्दा शान्ति पाइने बताइन् । 

हिन्दू स्टुडेन्ट्स काउन्सिलले उक्त अन्लाइन कार्यक्रम आयोजना गरेको थियो । फेसबूक र यूट्युब लाइभमार्फत हजारौं मानिसले त्यसमा भाग लिएका थिए । विभिन्न देशमा रहेका हिन्दू युवाले त्यसमा भाग लिएका थिए । कार्यक्रममा युवाहरूले हिन्दू मूल्यमान्यताको सेलिब्रेसन गरेका थिए । 

गब्बार्डले भनिन्, ‘जीवनमा नयाँ अध्याय शुरू गर्दै हुनुहुन्छ भने आफैंलाई सोध्नुस्– जीवनको उद्देश्य के हो ? जिन्दगीको उद्देश्य ईश्वरको र ईश्वरका सन्तानको सेवा गर्नु हो भनी तपाईंले थाहा पाएपछि सफल जिन्दगी बाँच्न सक्नुहुन्छ ।’

salt training

कमेन्ट गर्नुहोस्