
रूपन्देहीमा शुक्रबार आफ्नो बाबुले ८ वर्षीय छोरालाई जिउँदै गाडेको घटना सार्वजनिक भएको छ ।
तिलोत्तमा नगरपालिका–४ प्रगतिनगरका ३६ वर्षिया राजु परियारले बिरामी छोरालाई ज्युँदै बोरामा हालेर माटोमा गाडेको स्थानीयले थापा पाएपछि प्रहरीलाई खवर गरेका थिए ।
घटना बिहीबार साँझको हो । घर नजिकैको झाडीमा शव गाडेको अवस्थामा प्रहरीले फेला पारको थियो । प्रहरीले गाडेको शव निकाल्दा बच्चाको मृत्यु भइसकेको जिल्ला प्रहरी कार्यालय, रुपन्देहीका प्रवक्ता डिएसपी खड्गबहादुर खत्रीले जानकारी दिए ।
अहिले परियारलाई प्रहरीले नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय बुटवलमा राखिएको छ । परियारले छोरोमा मृत्यु भइसकेपछि गाडेको बयान दिएका छन् ।