१४ असार २०८३, आइतबार

गण्डकी प्रदेशमा ५८ कोरोना संक्रमित थपिए, कास्कीमा १९ महिने बालिकामा पुष्टि

असार ६, २०७७
गण्डकी प्रदेशमा ५८ कोरोना संक्रमित थपिए, कास्कीमा १९ महिने बालिकामा पुष्टि

गण्डकी प्रदेशमा शनिवाा थप ५८ कोरोना संक्रमित भेटिएका छन् । योसँगै प्रदेशमा कुल संक्रमित संख्या ४ सय ३८ पुगेको छ । 

पछिल्लो चौबीस घण्टामा तनहुँमा २५, नवलपुरमा १६, बागलुङ ८, गोरखा ५, कास्की २, म्याग्दी १ र स्याङ्जामा १ गरी ५८ जनामा संक्रमण देखिएको प्रदेश स्वास्थ्य निर्देशनालयले शनिबार विज्ञप्ति प्रकाशित गरी पुष्टि गरेको हो ।
तीमध्ये कास्कीको मादी गाउँपालिका वडा १ की १९ महिने बालिका र बागलुङ काठेखोला गाउँपालिकाकी ३० वर्षीया महिला समेत छन् । अरु सबै पुरुष हुन् । यसरी डेढ वर्षीया बालिका समेत कसरी कोरोना संक्रमित भइन् भन्नेबारे खुलाइएको छैन । 

सम्बन्धित जिल्लाको क्वारेन्टाइनमा बसेकाहरुको नमुना परीक्षणा कोरोना देखिएपछि उनीहरु सबैलाई सम्बन्धित जिल्लाहरुमा रहेका आइसोलेसन कक्षमा लैजाने तयारी भएको प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक एवं कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रम गण्डकीका प्रवक्ताका डा. विनोदबिन्दु शर्माले जनाए । 

कास्कीको मादी गाउँपालिकाका वडा १ कै ४१ वर्षीय पुरुषमा समत कोरोना देखिएको छ । जिल्लामा शुक्रबार समेत ६ जनामा कोरोना देखिएको थियो । 
 

नवलपुरको बुलिङटार गाउँपालिकाका ११ जना पुरुषमा कोरोना पुष्टि भएको छ । उनीहरु वर्ष १७ देखि ४१ वर्ष उमेर समूहका छन् । 

यस्तै, बौदीकाली गाउँपालिकामा ४७ वर्षे, मध्यबिन्दु नगरपालिकाका २५ र ४५ वर्षे, विनयत्रिवेणी गाउँपालिकाका २१ वर्षे, देवचुली नगरपालिकाका १९ वर्षे पुरुषमा समेत कोरोना पुष्टि भएको हो । 
तनहुँको ऋसिङ गाउँपालिकामा मात्रै २१ जना पुरुष संक्रमित भएका छन् । उनीहरुको उमेर समूह २० देखि ३३ वर्षसम्म छ । 

त्यस्तै, व्यास नगरपालिकामा वर्ष २४ र ४८ वर्षे, शुक्लागण्डकी नगरपालिकामा वर्ष २२ र ३५ वर्षे पुरुषमा पनि कोरोना देखिएको छ । 

बागलुङको काठेखोला गाउँपालिकाका ७ जना पुरुषमध्ये वर्ष २२ देखि ३९ वर्ष समूहका छन् । 

गोरखा जिल्लाको भीमसेन नगरपालिकामा ५ जनामा कोरोना पुष्टि भएको छ । उनीहरु वर्ष २२ देखि ३६ वर्षसम्मका छन् । 

उता, म्याग्दीको मालिका गाउँपालिकाका ३० वर्षीय पुरुष, स्याङ्जामा पालिका नखुलेको २९ वर्षीय पुरुष समेत संक्रमित बनेका छन् । 

गण्डकीमा शुक्रबारमात्रै पर्वतमा ५ स्वास्थ्यकर्मीसहित ५६ जनामा कोरोना देखिएको थियो भने अघिल्लो दिन सबैभन्दा धेरै ७७ जनामा पुष्टि भएको थियो । 
शुक्रबार साँझ पोखराबाट ५ जना संक्रमित निको भइ घर फर्केका छन् । कुल संक्रमितमध्ये १ जनाको मृत्यु हुँदा ३९ जना निको भएका छन् ।
 

salt training

कमेन्ट गर्नुहोस्