११ साउन २०८३, सोमबार

अध्ययन भन्छ- स्वस्थ दूधले बच्चामा मोटोपनको जोखिम कम हुन्छ

असार २४, २०७७
अध्ययन भन्छ- स्वस्थ दूधले बच्चामा मोटोपनको जोखिम कम हुन्छ

स्वस्थ दूध पिउने बच्चाहरु बोसोयुक्त अर्थात चिल्लो पदार्थ बढी भएको दूध पिउनेहरूको तुलनामा बढी वजन अर्थात मोटोपनको संभावना कम हुने एक अध्ययनले देखाएको छ।  

हालै सार्वजनिक गरिएको एक अध्ययनले “होल मिल्क” अर्थात् स्वस्थ दुध पिएका बच्चा कम तौल अर्थात मोटोपनको संभावना कम हुने गरेको पाइएको छ। 


सेन्ट माइकल अस्पताल अफ युनिटी हेल्थ टोरन्टोको नेतृत्वमा भएको एक अध्ययनपछि ‘अमेरिकन जर्नल अफ क्लिनिकल न्यूट्रिशन’मा उक्त अध्ययन प्रतिवेदन प्रकाशित छ। 

चिल्लो पदार्थ युक्त दुध पिउने बच्चाहरुको तुलनामा स्वस्थ दुध पिउने बच्चामा मोटोपन र बढी तौलको समस्या ४० प्रतिशत कम हुने गरेको अध्ययन प्रतिवेदनमा उल्लेख गरिएको छ 

अध्ययन प्रतिवेदन सात फरक फरक देशका २८ ओटा अध्ययनको विश्लेषण गरेर तयार पारिएको जनाइएको छ। ती प्रतिवेदनमा गाईको दुध सेवन र बालबालिकाको वजनको बीचमा तुलनात्मक अध्ययन गरिएको थियो।
ती अध्ययनमा २१ हजार बालबालिकालाई सहभागी गराइएको थियो । ती मध्ये अधिकांश क्यानडा र अमेरिकाका बालबालिका रहेका थिए ।  

अध्ययनको नेतृत्व गर्नुभएका डा जोनाथन मागुइरेले दूध सेवनको अवस्था नै बालबालिकाको बढी तौल हुने की नहुने भन्ने कुराको मुख्य कारक रहेको बताए। 

salt training

कमेन्ट गर्नुहोस्