
स्याङ्जामा पहिरोले घर बगाउँदा १ जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा गल्याङ नगरपालिका–१० गाउँस्वाँराकी ५२ वर्षीया माया सारु हुन् । अविरल वर्षापछि बुधवार बिहान सवा ५ बजे करीब ३० मिटर माथिबाट खसेको पहिरोले उनको घर बगाएको थियो ।
पहिरोमा उनकी २० वर्षीया छोरी नारायणी सारु घाइते छन् । घाइते उनको गल्याङ नगर अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र वालिङ पठाइएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता डीएसपी राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिए ।