३० जेठ २०८३, शनिबार

रञ्जनको मुद्दामा सर्वाेच्चले पुनरावलोकन गर्दै, आजै सुनुवाइ हुने

रञ्जनको मुद्दामा सर्वाेच्चले पुनरावलोकन गर्दै, आजै सुनुवाइ हुने

सर्वस्वसहित जन्मकैदको सजाय भोगिरहेका सशस्त्र प्रहरीका पूर्व डीआईजी रञ्जन कोइरालाको कैद घटाउने गरी सर्वोच्च अदालतले गरेको फैसला पुनरावलोकनका लागि परेको निवेदनको सुनुवाइ आज (आइतवार) हुने भएको छ ।

महान्यायाधिवक्ताको कार्यालयले पुनरावलोकन सम्बन्धी पुरक निवेदन दिएपछि सर्वाेच्चले हतारहतार आइतवारका लागि पेशी तोकेको हो ।

कोइरालाको सजाय घटाउने गरी सर्वाेच्चले गरेको फैसला जनस्तरमा आलोचित बनेकै बेला महान्यायाधीशवक्ताको कार्यालयले पुनरावेदन निवेदन समेत दिएको छ ।

प्रधानन्यायाधीशसहित २ जना न्यायाधीशले गरेको फैसलाउपर परेको पुनरावलोकन निवेदनमा अब ३ जना न्यायाधीशबाट सुनुवाइ हुने सर्वाेच्च अदालत स्रोतले जनाएको छ । संवैधानिक व्यवस्था अनुसार पुनरावलोकनको प्रावधान भएकाले अन्तिम टुंगो नलाग्दासम्म मुद्दा विचाराधीन बनेको छ ।

यसअघि सशस्त्र प्रहरीका पूर्वडीआईजी कोइरालाले पत्नी गीता ढकालको हत्या गरेर प्रमाण लुकाउन शव जलाएको देखिएपछि काठमाडौं जिल्ला अदालत र ललितपुर पुनरावेदन अदालतले सर्वस्वसहित जन्मकैदको फैसला गरेका थिए ।

जिल्ला र पुनरावेदन अदालतले सर्वस्वसहित जन्मकैदको फैसला सुनाएका कोइरालालाई सर्वोच्चले ११ वर्ष सजाय घटाउने फैसला गरेपछि महान्यायाधीवक्ताको कार्यालयले पुनरावलोकन निवेदन दर्ता गरेको छ । सर्वाेच्चको फैसला अनुसार कोइराला जेलमुक्त भइसकेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्