
हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा, स्थानीय वायु तथा पूर्वीय वायुको समेत आंशिक प्रभाव रहेको छ ।
कोशी प्रदेशका थोरै स्थान तथा बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिमका एक–दुई स्थानमा हाल हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
आज दिउँसो कोशीलगायत बागमती र गण्डकीका हिमाली र पहाडी भू–भागका थोरै स्थान तथा बाँकी पहाडी र तराई भू–भागका एक/दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आजराति कोशी प्रदेश, मधेशलगायत बागमती र गण्डकीको हिमली र पहाडी भू–भागका थोरै स्थान, बाँकी पहाडी र हिमाली भू–भागका एक/दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ ।
कोशी प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ।