२९ असार २०८३, सोमबार
संसदमा विपक्षीको आक्रोश

सरकारका कारण मानिसहरू आत्मदाह गर्न बाध्य भएको भन्दै ऐन महरले भने– बालेन सरकार मुर्दावाद !

असार २६, २०८३
काठमाडौं
सरकारका कारण मानिसहरू आत्मदाह गर्न बाध्य भएको भन्दै ऐन महरले भने– बालेन सरकार मुर्दावाद !

आत्मदाहको प्रयासपछि गणेश नेपालीको मृत्युको घटनाबारे विपक्षी दलले संसदमा सरकारको चर्को आलोचना गरेका छन् । 

सरकारको अलग नीतिका कारण गरिब जनता आत्मदाह गर्नुपर्ने अवस्थामा पुगेको उनीहरूले बताए ।

शुक्रबार बसेको प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा नेपाली कांग्रेस संसदीय दलकी प्रमुख सचेतक वासना थापाले सरकारको गलत नीतिका कारण नेपालीले आत्मदाह प्रयास गरेको बताइन् ।

एमालेका ऐन महरले बालेन सरकारको अत्याचारका कारण गणेश नेपालीले आत्मदाह गर्ने अवस्था सिर्जना भएको भन्दै आक्रोश व्यक्त गरे । उनले संसदभित्रै ‘बालेन सरकार मुर्दावाद’को नारा लगाए ।

राप्रपा संसदीय दलका ज्ञानेन्द्र शाहीले सरकारको गलत नीतिका कारण गणेश नेपालीले आत्मदाह गर्नुपरेको बताए । उनले प्रश्न गरे– 'काठमाडौं अर्बपतिको मात्र शहर हो ?'

salt training

कमेन्ट गर्नुहोस्