२७ असार २०८३, शनिबार

लागुऔषधसहित २० जना पक्राउ

असार २६, २०८३
काठमाडौं
लागुऔषधसहित २० जना पक्राउ

नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागुऔषधसहित २० जनालाई पक्राउ गरेको छ ।

केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार सिरहाबाट चार, झापाबाट तीन, जुम्ला, रूपन्देही, मोरङ, सुनसरी र दाङबाट दुई/दुई तथा कपिलवस्तु, तनहुँ र काठमाडौंबाट एक/एक जना पक्राउ परेका हुन् ।

प्रहरी टोलीले उनीहरुको साथबाट लागुऔषध चरेस, खैरो हेरोइन र गाँजा तथा चिकित्सकको सिफारिसमा मात्र खरिद गर्न पाइने डाइक्लोमाइन र स्पास्मो बरामद गरेको छ ।

उनीहरूलाई गत बुधबार र बिहीबार पक्राउ गरिएको तथा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्