२८ असार २०८३, आइतबार

कर्णालीमा खसेको गाडीका बेपत्ता चारमध्ये तीन जनाको शव भेटियो

असार २७, २०८३
काठमाडौं
कर्णालीमा खसेको गाडीका बेपत्ता चारमध्ये तीन जनाको शव भेटियो

असार १८ गते सुर्खेतबाट कालिकोटतर्फ गइरहेको सवारीसाधन कर्णाली नदीमा खसेर बेपत्ता भएका चार जनामध्ये तीन जनाको शव भेटिएको छ ।

दैलेख जिल्ला प्रहरी कार्यालयका प्रमुख श्रवणकुमार विकका अनुसार दुर्घटनाको नौ दिनपछि आज अछामको तुर्माखाँद गाउँपालिका–२, जमगडामा पर्ने कर्णाली किनारमा पञ्चपुरी नगरपालिका–८ माझिगाउँ सुर्खेतका तुलाराम सुवेदीको शव भेटिएको हो ।

यसअघि पचालझरना गाउँपालिका–९, कालिकोटका ६२ वर्षीय मेखे तिरुवा, रास्कोट नगरपालिका–२, खड्कागाउँ, कालिकोटकी १८ वर्षीया सिर्जना खड्काको शव भेटिएको थियो ।

दुर्घटनामा बेपत्ता भएका सुवेदीका सहोदर भाइ तथा सहचालक रामप्रसाद सुवेदी र फोर्स गाडी अझै फेला परेका छैनन् । सुवेदी र गाडीको खोजीमा गोताखोर टोली, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल तथा नेपाली सेना परिचालन भएको छ ।

salt training

कमेन्ट गर्नुहोस्