२७ असार २०८३, शनिबार

अमेरिकी भिसाका लागि नक्कली शैक्षिक प्रमाणपत्र बुझाउने महिला पक्राउ

असार २६, २०८३
काठमाडौं
अमेरिकी भिसाका लागि नक्कली शैक्षिक प्रमाणपत्र बुझाउने महिला पक्राउ

अमेरिकी भिसा आवेदनका लागि नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेको आरोपमा एक महिला पक्राउ परेकी छन्। पक्राउ पर्नेमा रामेछापको दोरम्बा शैलुङ गाउँपालिका-३ घर भई हाल काठमाडौँको जडिबुटी बस्ने ४१ वर्षीया उषा देवी कँडेल रहेकी छन्।
कँडेलले भिसा प्रक्रियाका लागि पेश गरेको एसएलसीको प्रमाणपत्र नक्कली भएको भन्दै नेपालस्थित अमेरिकी दूतावासले काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयमा पत्राचार गरेको थियो।

दूतावासको पत्रका आधारमा अनुसन्धानमा खटिएको प्रहरी टोलीले उनलाई असार २५ गते महाराजगंजबाट पक्राउ गरेको हो।

पक्राउ परेकी कँडेललाई 'लिखत सम्बन्धी कसूर' मुद्दामा थप अनुसन्धान तथा आवश्यक कारवाहीका लागि जिल्ला प्रहरी परिसर भद्रकाली पठाइएको प्रहरी उपरीक्षक शरत कुमार थापा क्षेत्रीले जानकारी दिए । 

salt training

कमेन्ट गर्नुहोस्