
गत भदौमा भएको जेनजी आन्दोलनका क्रममा केन्द्रीय कारागारबाट भागेका युवक पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा सर्लाहीको हरिवन नगरपालिका–१ बस्ने २६ वर्षीय रमन भनिने रामलाल योञ्जन छन्।
उनी २०८२ भदौ २४ गते जगन्नाथदेवलस्थित केन्द्रीय कारागार कार्यालय, काठमाडौंबाट फरार भएका थिए । उनी डाँका चोरी मुद्दाका प्रतिवादी रहेका प्रहरीले जनाएको छ ।