×

NMB BANK
NIC ASIA

होमस्टेले ल्यायो लामा बस्तीमा परिवर्तन, गोठबाट घर जाने दिन समाप्त

साउन २०, २०७७

NTC
Premier Steels

हुम्ला जिल्लाको सिमिकोट गाउँपालिका वडा नं. ४ बुराउँसेको लामा वस्तीमा होम स्टेले परिवर्तन ल्याएको छ । प्रदेश सरकारको उद्योग पर्यटन बन तथा वातावरण मन्त्रालय अन्तर्गत डिभिजन वन कार्यालय हुम्लाले त्यहाँको लामा बस्तीमा पुरीखाँर सामुदायिक होम स्टे सञ्चालनमा ल्याएको हो । कार्यालयले होम स्टे निर्माणमा लगानी गरेपछि गोठबाटै घर जाने चलनको अन्त्य भएको छ भने हरेकको घरमा चर्पी सुधार भएको छ ।

Muktinath Bank

लामा बस्तीको पुरानो सामाग्रीहरु संकलन गरेर संग्राहलयसमेत निर्माण गरिएको छ । हाल उक्त बस्तीका ६७ वटा लामा समुदायका घरमा होम स्टे सञ्चालनमा आउँदा पर्यटकहरुको आकर्षण बढेको र त्यसले लामा बस्तीको आर्थिक रुपमान्तरणमा टेवा पुगेको होम स्टे सञ्चालन समितिका सचिव अम्जुक लामाले बताए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘आर्थिक वर्ष २०७५/०७६ मा हामीलाई डिभिजन वन कार्यालयले ३८ लाख बजेट दिएको थियो । गत आर्थिक वर्षमा थप तीस लाख बजेट पायौं,' उनले भने, ‘त्यसबाट हामीले संग्राहलय निर्माण, विभिन्न परिकार निर्माण तालिम, वेवसाइट निर्माण, चर्पी सुधार र ६७ घरमा होम स्टे सञ्चालन गरेका छौं ।’ उनका अनुसार उक्त होम स्टेमा लामा जातिको परिकार खुवाउने गरिएको छ ।


Advertisment
Nabil box
Kumari

‘हामीले होम स्टेमा लोकल अल्कोहल, घोडामर्चा चिया, पुदिना  चिया, गन्धाईनो चिया, तारुचुक चिया, घ्यूको साथमा भोटे चिया, नक्टांग चिया र सातु चिया उपलब्ध गराएका छौं,' अध्यक्ष छिरिङ लामाले भने, ‘अर्गानिक खानाहरु, अण्डा, मासु, दुध दहि पनि हामीले व्यवस्था गरेका छौं ।’

Vianet communication

डिभिजन वन कार्यालय हुम्लाका प्रमुख निरज झाले होम स्टेमा राम्रो काम भएको बताए । ‘उहाँहरुले आफ्नो मौलिक पहिचान झल्कने परिकार, झाँकी पनि देखाउने गर्नु भएको छ,' उनले भने, ‘यो कामले हामीमा पनि उत्साह ल्याएको छ । सबै काम राम्रो भएका कारण हामीले भुक्तानी पनि दिइसकेका छौं ।’

अनुगमनमा गएका उद्योग पर्यटन बन तथा वातावरण मन्त्री नन्दसिंह बुढाले लामा जातिको संस्कृति जोगाउन लगानी गरिएको बताए ।

‘उहाँहरुको मौलिक संस्कार र संस्कृतिलाई जगेर्ना गर्न सकियोस् र त्यसबाट आन्तरिक र वाह्य पर्यटनको विकास गरी लामा बस्तीलाई आत्मनिर्भर बनाउन सकियोस भन्ने ध्येयका साथ हामीले यो स्थान छनौट गरेका हौं,' उनले भने, ‘आगामी दिनमा यो होम स्टेबाट नागरिकले पर्याप्त लाभ लिनेछन् भन्ने अपेक्षा गर्दछु । हामी यहाँहरुको क्षमता विस्तार गर्न अरु के गर्न सकिन्छ तयार छौं ।’

उनले कला र संस्कृतिमा कर्णाली धनी रहेको बताउँदै यो लामा संस्कृतिको रक्षा गर्न र यसलाई पर्यटनको आधार निर्माण गर्न इमान्दारीपूर्वक काम गर्न अनुरोध गरे । ‘तपाईले सञ्चालन गरेको यो होम स्टेमा आउने पर्यटकहरुलाई खुशी बनाउनु होला,' उनले भने, ‘यसले यहाँको समग्र अवस्थामा परिवर्तन ल्याउने पक्का छ ।’

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x