×

NMB BANK
NIC ASIA

कस्तो अचम्म ? कर्णाली प्रदेशको टेलिकम कार्यालय अर्कै प्रदेशमा !

साउन २२, २०७७

NTC
Premier Steels

संघीयता कार्यान्वयनसँगै कर्णाली प्रदेशको छुट्टै अस्तित्व छ, प्रादेशिक कार्यालयहरू स्थायी राजधानी सुर्खेतमा स्थापना भएका छन् ।

Muktinath Bank

तर एउटा अचम्मको कुरा छ, कर्णाली प्रदेशको टेलिकम कार्यालय भने अर्कै प्रदेशमा खोलिएको छ । प्रदेशको कार्यालय प्रदेशभित्रै खोलिनुपर्ने भए पनि टेलिकमले भने कर्णालीको कार्यालय ५ नम्बर प्रदेशको बाँकेमा खोलेको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नेपालगञ्जस्थित टेलिकमको भव्य कार्यालयबाहिर बोर्ड झुण्ड्याइएको छ – नेपाल टेलिकम प्रादेशिक निर्देशनालय सुर्खेत, कर्णाली प्रदेश । अनि त्यसको तल लेखिएको छ – हाल नेपालगञ्ज । टेलिकमको यो अनौठो तरिकाले कर्णाली प्रदेशका जनता अचम्मित बनेका छन् ।


Advertisment
Nabil box
Kumari

२०७४ चैत १२ गते नै प्रदेशको स्थायी राजधानी वीरेन्द्रनगर तोकिएको भए पनि हालसम्म प्रदेश कार्यालय स्थानान्तरण गरिएको छैन । बरु बाँकेमै कर्णालीको बोर्ड झुण्ड्याइएको छ ।

Vianet communication

प्रादेशिक राजधानी तोकिए पछि सुर्खेतमा हालसम्म नेपाल राष्ट्र बैंक, राष्ट्रिय बीमा कम्पनी, नेपाल विद्युत् प्राधिकरण, नेपाल आयल निगम, कृषि सामाग्री कम्पनी लिमिटेड, साल्ट ट्रेडिङ कर्पोरेसन जस्ता सरकारी तथा अर्धसरकारी धेरै कार्यालयले प्रादेशिक कार्यालय खोलेका छन् । 

बाँकेमा रहेको कर्णाली प्रदेशको कार्यालयले प्रदेशका १० जिल्लामा टेलिकमबारे नीति बनाउने र प्रदेशमा रहेका टेलिकमका टावरको मर्मत गर्ने गर्छ ।  

प्रादेशिक कार्यालयका प्रमुख अन्तप्रकाश मल्लिकले सुर्खेतमा कार्यालयको लागि आफ्नै भवन नहुँदा र भाडामा उपयुक्त घर पाउन नसक्दा कार्यालय नेपालगञ्जमा रहेको बताए । ‘सुर्खेतमा हाम्रो आफ्नै भवन छैन । घर पनि उपयुक्त पाइएको छैन,’ उनले भने, ‘अब छिट्टै नै टेलिकम सुर्खेत रहेको भवनमा मिलाएर भए पनि कार्यालय सार्ने तयारी गरिरहेका छौं ।’

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x