×

NMB BANK
NIC ASIA

जाजरकोट खलंगाको शान्ति चौतारादेखि कालेगाउँसम्मको ६ किलोमिटर सडक कालोपत्रे गरेको एक वर्षमा जीर्ण भएको छ ।

Muktinath Bank

काम गर्ने ठेकेदार कम्पनीले मापदण्डविपरित गुणस्तरहीन काम गरेकोले सडक जीर्ण भएको स्थानीय गुनासो छ । सडक निर्माण कम्पनीले सडकको कालोपत्रे गर्ने काममा मनोमानी गरेका कारण १ वर्षमै जीर्ण भएको भन्दै यहाँका स्थानीय आक्रोशित भएका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कालोपत्रेको जिम्मा लिएको राजेन्द्र जलजला कन्स्ट्रक्सन जेभीले आफ्नो सजिलो र कम खर्चमा काम गरेर जाँदा यहाँका सरोकारवाला निकायले चासो नदेखाएकोे भेरी नगरपालिका ४ का कृष्ण खत्रीले बताए ।


Advertisment
Nabil box
Kumari

सडक निर्माणको जिम्मा लिएको ठेकेदार कम्पनीले २०७५ असोजमा गरेको कालोपत्रे एक वर्षमै दर्जनौँ खाल्डाखुल्डी पर्दा पनि सरोकारवाला निकाय चुप लागेको छ । यो भन्दा गैरजिम्मेवार कार्य के होला र ? खत्रीले भने ।

Vianet communication

जिल्लाको खलंगाबाट रुकुम र डोल्पाको मुख्य सडक खण्ड ठेकेदारको लापरबाहीले गर्दा दर्जनौँ खाल्डा परेका छन् ।

यसप्रति सडक विभाग, नगरपालिका र अन्य सरोकारवाला निकायले कुनै चासो नदिएको स्थानीयवासीको गुनासो छ । सडक कालोपत्रे भएको केही महिनामै भत्किने गरी काम भएकोले कुनै निकायले चासो नदिनु दुःखद् भएको उनीहरू बताउँछन् ।

२०७३ साल असार ३१ गते कालोपत्रेको जिम्मा लिएको ठेकेदार कम्पनीले २०७६ बैशाखमा काम सम्पन्न गरेको थियो । कुल ८ करोड ७२ लाख लागतमा कालोपत्रे गर्ने सम्झौता भएको थियो ।

८ करोड लागतमा कालोपत्रेको काम सम्पन्न गर्ने ठेकेदार कम्पनी अहिलेसम्म नफर्केको स्थानीय ईश्वरी खत्रीले बताए ।

यस्तै उनले स्वास्थ्य सेवा कार्यालय नजिकैको मोडमा रहेको ग्याबिनको बीमा काम नगरी भुक्तानी लिएको स्थानीयको आरोप छ ।

राजेन्द्र जलजला कन्स्ट्रक्सनले जाजरकोट–डोल्पा सडकखण्ड अन्तरगत खलंगामा ६ किलोमिटर सडकको स्तरोन्नतीसहित कालोपत्रे गर्ने क्रममै बदमासी गरेको स्थानीय मोहन खड्काले बताए । कालोपत्रे गर्ने क्रममा रोलरले गिट्टी पेल्नु पर्नेमा टिपर र ट्याक्टरले काम चलाउ गरी ठेकेदारले कालोपत्रे गरेको उनको भनाइ छ ।

कालोपत्रे गरिसकेको करीब ३० मिटर सडकमा पहिरो गएपछि पुनः कालोपत्रे गर्ने क्रममा रोलरको सट्टा ट्याक्टर र टिप्पर प्रयोग गरिएको ठेकेदारले स्वीकार गरेका छन् । २०७५ सालमा भेरी नगरपालिका प्रमुख चन्द्र प्रकाश घर्ती र तत्कालिन प्रमख जिल्ला अधिकारी ललीत कुमार बस्नेतको अनुरोधका ट्याक्टर र टिप्परबाट पेल्ने काम रोकिएको खड्काले बताए ।

‘सडक कालोपत्रे गर्दा आवश्यक उपकरण ल्याएर मात्र गर्नुपर्ने हो,’ उनले भने, ‘सडक मापदण्ड अनुसार काम भएन ।वर्षातका बेला ठाँटीस्थित रेडक्रसको भवन नजिक पहिरो गयो । यस्तै सिटिजन बैंक नजिकको केही सडक खण्ड पहिरोले क्षती भयो । क्षती भएको ठाउँमा पिच गर्ने काममा ठेकेदारले गैरजिम्मेवार ढङ्गले रोलर प्रयोग गरेको हामीले देखेका हौँ ।’

निर्माण कम्पनीका प्रतिनिधि प्रजित लामाले गिट्टी चप्काउन रोलरको आवश्यकता नपर्ने बताए ।  ‘सवारी साधन चलाउँदै जाँदा आफै गिट्टी चप्किन्छ’ उनले भने, ‘तर त्यतिबेला स्थानीयको माग र प्रशासनको निर्देशअनुसार नै काम रोकेर रोलर (पेल्ने मेसिन) झिकाएर काम गरेको छु ।’

शान्तिचौतारादेखि कालेगाउँ सडक खण्डमा सडक जीर्ण भएकोले लकडाउनपछि मर्मत सम्भार गर्ने ठेकेदार प्रजित लामा जानकारी दिए । डि.बि.एस.डि. पिच गरेको ३ दिन नहँुदै घडेरी खनेर सडकमा माटो फालेर नाला बन्द गरेपछि पिच सडक भत्किएको ठेकेदारको आरोप छ ।

सदरमुकाम शान्तिचौतारादेखि तल्लो थाप्लेसम्म घर निर्माणका सामानहरू सडकमा राख्ने गरेको लामाको भनाई  छ ।

स्थानीयले सडकमा जथाभावी सामग्री राखेर क्षति गरेकोले कारबाही गर्ने निकायले चासो नदेखाएको उनले बताए । सडकमुनि ‘वाल’हरू लगाईएको ठाउँमा शौचालय र बाथरुमको पाइप खुल्ला रूपमा ‘वाल’ को जगमा फालिएकोले सडक भाँसिएर जीर्ण भएको लामाको भनाइ छ ।

‘तर जीर्ण भएको सडकखण्ड एक चरण मर्मत सम्भार गर्छु । अहिले म साइटमा छु,’ उनले भने, ‘जाजरकोटको बाटो पिचको लागि बाहिरबाट कामदार ल्याउनुपर्छ । अहिले एक जिल्लाबाट अर्को जिल्ला जानसमेत नसकिने अवस्था छ । सडक डिभिजन कार्यालय चौरजहारीबाट बैंक ग्यारेन्टी ल्याएको छैन ।’ कार्यालयको प्राविधिक मूल्याङ्कन प्रतिवेदन अनुसार भुक्तानीको लागि तयार रहेको लामाको भनाइ छ ।

सडक निर्माणको जिम्मा लिएको ठेकेदारलाई सडक मर्मत गर्न लगाउने सडक डिभिजन कार्यालय चौरजहारीका कार्यालय प्रमुख नरेन्द्र भट्टले बताए । २०७६ सालमा सम्पन्न उक्त सडक खण्ड १ वर्षमै जीर्ण भएपछि कार्यालयले धरौटी र बैंक ग्यारेन्टीसमेत रोक्का राखेको भट्टले जानकारी दिए ।

‘कुनै आयोजनाको काम सम्पन्न भएको १ वर्षसम्म भत्के बिग्रे स्वयं ठेकेदारको जिम्मा हुन्छ ।’ उनले भने, ‘कालोपत्रे भत्केपछि राजेन्द्र जलजला कन्स्ट्रक्सन जेभीको धरौटी र बैंक ग्यारेन्टी रोक्का गरेका छौँ । कार्यालयबाट प्राविधिक पठाएर एकचोटी सडक मर्मत गर्न लगाउँछौँ ।’ सरकारले जारी गरेको लकडाउनका कारण कामदार ल्याउन समस्या भएको कार्यालयको दाबी छ ।

सरकारले असारमा मात्र लकडाउन खोलेकोले हाल बर्खामा कालोपत्रेको काम तत्काल गर्न नसकिने अवस्थामा रहेको उनले बताए । सदरमुकाम खलंगाका स्थानीयहरुले जथाभावी फोहोर पानी फाल्नाले सडक छिट्टै जीर्ण भएको कार्यालयको दाबी छ ।

अस्पताल मोडमा राखिएका होम पाइपमा समेत स्थानीयले फोहर फालेर थुनेपछि पानी सडकमा बगेर थप क्षती भएको कार्यालयका सुचना अधिकारी नेत्र पौडेलले जानकारी दिए । ‘सडकमा धेरै समय पानी रोक्न नमिल्ने भएकोले स्थानीयको अरुवद्धले नाला काट्न नदिएका कारण सडक र बस्ती जोखिमा रहेको छ ।’ उनले भने, ‘कार्यालयमा सडक नालासम्बन्धी कार्यक्रम नभएको कारण नाला बनाउन सकिदैन ।’ सडक निर्माणको जिम्मा पाएको ठेकेदारले नाला बनाउने विषयमा स्थानीयसँग परामर्श गर्दा नाला खन्न अवरुद्ध गरेको कार्यालयको आरोप छ ।

सडक मर्मतको लागि नगरपालिकाले काम गरिरहेको भेरी नगर प्रमुख चन्द्र प्रकाश घर्तीले बताए । राजेन्द्र जलजला कन्स्ट्रक्सनले जाजरकोट–डोल्पा सडकको खलंगा खण्डमा ६ किलोमिटर सडकको काम सम्पन्न गरेतापनि मर्मतका कार्यमा नगरपालिकाले सहयोग गर्दै आएको उनको भनाई थियो ।

‘प्रत्येक वर्ष बर्खाले सडक अवरुद्ध गर्दा नागरीकले सास्ती खेप्छन् ।’ उनले भने, ‘स्थानीय सरकारले सडक मर्मतको लागि कार्यालयबाट सहयोग गर्दै आएको छ । मुख्य सडक खण्ड अवरुद्ध हँुदा यहाँका व्यापारीलगायत यात्रुहरु प्रत्येक वर्ष सास्ती खेप्दै आएका छन् ।’ सडक डिभिजन कार्यालय चौरजहारीले नगरपालिकालाई उक्त निर्माण भएको सडक हस्तान्तरण नगरेको उनले जानकारी दिए ।

टेन्डर आव्हान गरी सम्पन्न गरेकोले सडक डिभिजन कार्यालयसँग समन्वय गरी अगाडि बढने नगर प्रमुख घर्तीले जानकारी दिए । भर्खरै मात्र वर्खाको पानी र पहिरोले बनाएका खाल्डाहरु नगरपालिकाले पुरेको नगरपालिकाले जनाएको छ ।

‘नगरपालिकामा मुख्यमन्त्री रोजगारी कार्यक्रमको ३८ लाख रकम असार २२ गते मात्र प्राप्त भएको थियो । उक्त सडक मर्मत गर्ने भन्ने कुरा सामान्य चलेको थियो ।’ उनले भने, ‘हामीलाई हस्तान्तरण नभएकोले काम गर्न नमिल्ने भएपछि हामीले जोखिम लिन सकेनौँ । केही कार्यालयले काम नभई भुक्तानी दिएको हामीलाइ थाहा छ ।’ नगरपालिका स्वामित्वमा सडक हस्तान्तरण भए आउँदो मुख्यमन्त्री रोजगारको पैसा आएपछि मर्मतको लागि नगरपालिका तयार रहेको उनको भनाई थियो ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x