०३ असार २०८३, बुधबार

कर्णाली सरकारले रोपेको मकैको उत्पादन मानव सेवा आश्रमलाई हस्तान्तरण

भदौ ६, २०७७
कर्णाली सरकारले रोपेको मकैको उत्पादन मानव सेवा आश्रमलाई हस्तान्तरण

कर्णाली प्रदेश सरकारले जेठ १ गते श्रम दिवसको अवसर पारेर वीरेन्द्रनगरमा रहेको खाली जग्गामा रोपेको मकैको उत्पादन मानव सेवा आश्रमलाई हस्तान्तरण गरिएको छ ।

शनिवार भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव डा. गोविन्दप्रसाद शर्मा, एकीकृत कृषि प्रयोगशाला सुर्खेतका प्रमुख सुरेशकुमार चौधरी लगायतको टोलीले मकै हस्तान्तरण गरेको हो ।

आश्रममा ४७ जना बस्दै आएका छन् । मकै हस्तान्तरण गर्दै सचिव डा. शर्माले सरकारले उत्पादन गरेका मकै वृद्धवृद्धाले पहिले चाखुन् भनेर दिइएको बताए ।

‘हामीले पाकिसकेको मकैलाई कहाँ दिँदा राम्रो हुन्छ भनेर स्थान खोजेका थियौं,’ सचिव डा. शर्माले भने, त्यसका लागि सबैभन्दा उपयुक्त स्थान मानव सेवा आश्रम भएको हामीले निक्र्यौल निकाल्यौं ।’ फल खाने समयमा दीनदुःखीलाई सहयोग गर्न पाउँदा मन्त्रालय खुशी भएको सचिव शर्माले बताए ।

मानव सेवा आश्रम कर्णाली प्रदेश संयोजक सिर्जना ओलीले सरकारले लगाएको मकै पाउँदा आश्रम खुशी भएको बताइन् । उनले तरकारी खेती गर्न जमिन पर्याप्त भएता पनि टनेल नहुँदा महंगोमा तरकारी खरिद गर्नु परिरहेको बताउँदै टनेल निर्माणका लागि सहयोग गरिदिन अनुरोध गरिन् ।

salt training

कमेन्ट गर्नुहोस्