०६ असार २०८३, शनिबार

पोखरामा कोरोना संक्रमित ३२ वर्षीया युवतीको मृत्यु

भदौ ११, २०७७
पोखरामा कोरोना संक्रमित ३२ वर्षीया युवतीको मृत्यु

पोखरामा थप १ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत कोभिड–१९ उपचार केन्द्रमा पोखरा–११ निवासी ३२ वर्षीया युवतीको बिहीवार बिहान ८ बजे मृत्यु भएको प्रतिष्ठानका निर्देशक सहप्राध्यापक डा. अर्जुन आचार्यले जानकारी दिए ।

डा. आचार्यका अनुसार ती युवतीमा गत भदौ ७ गते कोरोना संक्रमण पुष्टि भएपछि आईसीयूमा राखेर उपचार हुँदै आएको थियो ।

योसहित प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु हुने उनी पाँचौं संक्रमित हुन् । गण्डकीमा भने योसहित मृत्यु हुनेको संख्या ९ पुगेको छ ।

salt training

कमेन्ट गर्नुहोस्