०७ असार २०८३, आइतबार

गण्डकी प्रदेशका नेकपा सांसदमा कोरोना संक्रमण

भदौ १८, २०७७
गण्डकी प्रदेशका नेकपा सांसदमा कोरोना संक्रमण
प्रतिकात्मक तस्वीर

गण्डकी प्रदेश सभाका एक सदस्य तथा सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । 

परीक्षणका लागि ती सांसदले ४ दिनअघि स्वाब दिएकोमा बुधवार रिपोर्ट पोजेटिभ आएको हो ।
 
‘कन्ट्याक्ट टे«सिङ’मा परेपछि उनले जाँचका लागि स्वाब दिएका थिए । उनले गण्डकी प्रदेशका सामाजिक विकासमन्त्री नरदेवी पुनमगरलाई समेत भेटेका थिए । 

उनले केही दिनअघि प्रहरी गणमा खाना खाएको बुझिएको छ । उनी नेकपाबाट निर्वाचित सांसद हुन् । प्रहरी गणमा कार्यरत ३६ जना प्रहरीमा कोरोना देखिएपछि ती सांसदको समेत परीक्षण गरिएको थियो ।

उनी अहिले पोखरास्थित आफ्नै डेरामा छन् । होम आइसोलेसनमा बस्ने कि अस्पतला जाने भन्नेबारे छलफल भइरहेको छ । उच्च रक्तचापको नियमित औषधि खाने ती सांसदमा श्वासप्रश्वास समस्या पहिलेदेखि नै छ ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशक डा. शर्माले संक्रमण पुष्टि भएका ती सांसदसँग सम्पर्कमा आएकाहरूको सूची तयार गर्न र स्वाबको नमूना लिनका लागि योजना तयार भइसकेको बताए ।

कमेन्ट गर्नुहोस्