
किशाेरी बलात्कार अभियाेगमा पोखरामा एक युवक पक्राउ परेका छन् ।
गएराति पौने ९ बजेको समयमा जंगलको बाटोमा एक्लै हिँडिरहेकी १८ वर्षकी किशाेरीलाई डर, त्रास देखाएर बलात्कार गरेको आरोपमा पोखरा २० बस्ने ३५ वर्षीय गणेश खत्री पक्राउ परेका हुन् ।
पेसाले ट्याक्सी चालक खत्रीविरुद्ध जवरजस्ती करणी उद्योगसम्बन्धी कसूरअन्तरगत अनुसन्धान प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक सुवास हमालले जानकारी दिए।