१२ साउन २०८३, मंगलबार

वास्तुशास्त्र भन्छः पूर्व दिशाको कोठामा नव–विवाहित जोडि बस्न हुन्न

कात्तिक २०, २०७४
वास्तुशास्त्र भन्छः पूर्व दिशाको कोठामा नव–विवाहित जोडि बस्न हुन्न

वास्तु शास्त्रमा उत्तम जीवनका लागि कयौं व्यवस्थाहरु गरिएको छ । जसलाई पालन गर्नसकेको खण्डमा मानिसलाई केही समस्या नपर्ने जनाइएको छ । शयन सम्बन्धी केही तथ्यहरु हामी तपाईलाई दिदै छौं जसलाई तपाईले मनन गर्नु भएको खण्डमा जीवनमा आइपर्ने समस्या समाधान हुनसक्छ ।

सयन कक्ष पूजा गर्ने स्थानमा हुनुहुँदैन। शयनकक्ष पूर्व हुनुलाई शुभ मानिन्छ। यसले नियन्त्रण शक्तिमा वृद्धि हुन्छ। धन(सम्पत्तिको चाहना राख्नेहरूले अन्न, गृह, गुरू, अग्नि र देवताको स्थानमाथि सुत्नुहुँदैन। अन्न भण्डार, गौशाला, गुरूस्थान, भान्सा र मन्दिर सुत्ने कोठामाथि बनाउनुहुँदैन। शयनकक्ष नैऋत्यदेखि आग्नेय तथा नैऋत्यदेखि वायव्यतर्फ नै बनाउनुपर्छ।

घरका अग्रजहरूको कोठा पश्चिम(दक्षिणतर्फ बनाउनुपर्छ। आफूभन्दा सानाको कोठा पूर्व वा उत्तरतिर बनाउनुपर्छ। यसो गर्दा सम्बन्धमा सहजता उत्पन्न हुन्छ। सधै पूर्व वा दक्षिणतर्फ सिरानी गरी सुत्नुपर्छ। पूर्वतर्फ शिर गरेर सुत्नाले विद्या प्राप्त हुन्छ। दक्षिणतर्फ शिर गरी सुत्दा धन तथा आयु वृद्धि हुन्छ। पश्चिमतर्फ शिर गरी सुत्दा चिन्ता बढ्छ। उत्तरतर्फ शिर गरी सुत्दा आयु घट्छ।

गृहस्वामीको मुख्य शयनकक्ष घरको दक्षिण या पश्चिम दिशामा हुनुपर्छ।

बच्चा, अविवाहित अथवा पाहुनाको लागि पूर्व दिशामा शयनकक्ष हुनुपर्छ । तर यस्तो कक्षमा नव–विवाहित जोडिले भने बस्न हुँदैन ।

विद्यार्थीहरुको लागि पूर्वमा शिरान गर्नु उत्तम मनिन्छ ।

यदि दक्षिण दिशामा शिरानी राख्न सम्भव हुँदैन भने पश्चिमतर्फ राख्न सकिन्छ ।

अन्य दिशामा पलङ्ग र शिरानी राख्नाले बुद्धि सञ्चालन ठीकसँग हुन पाउँदैन।

उत्तर दिशातर्फ शिर गरेर कदापि सुत्नु हुँदैन।

salt training

कमेन्ट गर्नुहोस्