×

NMB BANK
NIC ASIA

फेसबूकमा अश्लील शब्द प्रयोग गर्नुहुन्छ ? यस्ता गल्ती कहिल्यै नगर्नुहोस् !

मंसिर ९, २०७८

NTC
Premier Steels

हिजो आज सामाजिक सञ्जालबाट विमुख भएर बस्नै सकिँदैन । अनि फेसबूक धेरैले चलाइरहेका हुन्छन् र दिनभरी के के पोस्ट गरिरहन्छन् । 

Muktinath Bank

फेसबूकमा केही पोस्ट गरेर फ्रेन्ड लिस्टमा भएका मानिसको ध्यान खिच्ने ध्येय सबैको हुन्छ। अनि लाइक र कमेन्टको अपेक्षा पनि हुन्छ । लाइक र कमेन्ट गन्दा राम्रो लाग्न सक्छ तर वास्तविकता भिन्नै हुन सक्छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यहाँ हामी फेसबूकमा गर्नै नहुने गल्तीका बारेमा चर्चा गर्नेछौं ।


Advertisment
Nabil box
Kumari

व्यक्तिगत सूचना शेयर गर्ने
फेसबूकमा केही पोस्ट गर्नुअघि राम्ररी समीक्षा गर्नुस् र पोस्ट बटन थिच्नुअघि कतिसम्मको व्यक्तिगत सूचना दिने भनी सोच्नुस् । नजिकैका साथीभाइ, परिवार वा सञ्चारकर्मीहरूसँग बिताएका क्षणको फोटो वा कुरा पोस्ट गर्नैपर्छ भन्ने छैन । 

Vianet communication

रक्सी पिएको बेलामा पोस्ट गर्ने
रक्सी पिएर गाडी नचलाउन भनिए झैं फेसबूक चलाउँदा पनि रक्सी पिउनु हुँदैन । नशाको सुरमा जथाभावी कुरा पोस्ट हुन सक्छ । रक्सी पिएको बेलामा फेसबूक वा अन्य सामाजिक सञ्जालमा पोस्ट गर्न नमिल्ने सामग्री पनि पर्न सक्छन्। 

जो पायो त्यहीसँग फ्रेन्ड हुने 
तपाईंको फ्रेन्ड लिस्टमा ६०० मानिस छन् भन्दैमा तपाईंका ६०० साथी छन् भन्ने अर्थ लाग्दैन। त्यसैले नचिनेका जो पायो त्यहीलाई साथी नबनाउनुस् । तपाईंले व्यक्तिगत कुरा शेयर गर्ने प्ल्याटफर्म भएकाले कुनै सबैलाई त्यसको पहुँच दिनु ठीक छैन । 

घरको विस्तृत विवरण दिने
तपाईंको घरको ठेगाना, अफिसमा बिताउने समय लगायतका कुरा फेसबूकमा पोस्ट नगर्नुहोला । तपाईँमाथि निगरानी गर्नेका लागि त्यो गजबको खजाना हो । 

सन्तानका फोटो शेयर गर्ने
आफ्ना सन्तानको तस्वीर सकेसम्म कमै शेयर गरेको राम्रो हुन्छ । परिवारको फोटो राख्दा विस्तृत विवरण दिनुपर्दैन । बच्चाले के खान मन पराउँछन्, उनीहरूको विद्यालयको सूचना लगायतका कुरा कहिल्यै पोस्ट नगर्नुस् । 

सम्पत्ति देखाउने 
तपाईंले नयाँ कार किन्नुभयो, लटरी जित्नुभयो वा हालसालै ठूलो लगानी गर्नुभयो भने त्यसलाई फेसबूकमा हल्ला गर्नुपर्दैन । पैसाका कुरा प्राइभेट नै राखेको राम्रो । त्यस्ता कुरा पोस्ट गर्दा हुने दुष्परिणाम भयानक हुन्छन् । 

कसैलाई फेसबूक वा मेसेन्जरमा गालीगलौज गर्ने
कसैलाई पनि फेसबूकमा गाली गर्ने वा अश्लील शब्द प्रयोग गर्ने काम नगर्नुस् । तपाईंका गालीलाई स्क्रिनसट गरेर कसैले पछि तपाईं विरुद्ध त्यसलाई उपयोग गर्न सक्छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १४, २०८०

काठमाडौं- खान–पिनमा शौकीन व्यक्तिलाई कुनै विशेष खाद्य पदार्थको लाभ तथा हानीबारे जानकारी हुँदैन । उनीहरुलाई त्यो कुराले फरक पनि पर्दैन । किनकी त्यस्ता व्यक्तिलाई जुन खानेकुराको स्वाद मनपर्यो, त्यसलाई नखाइ ...

कात्तिक २२, २०८०

 मुखबाट –याल निस्कनु राम्रो कुरा हो किनकि –यालले नै मुखलाई गिलो राख्छ । तर कतिपय मानिसको सामान्यभन्दा बढी नै –याल आउँछ । उठेको बेलामा भन्दा सुतेका बेलामा मुखभित्र धेर –याल ...

कात्तिक १६, २०८०

काठमाडौं –छिट्टै उर्जा प्रदान गर्ने फलको रुपमा चिनिने केराले तपाईलाई स्वस्थ्य मात्रै राख्दैन, केही जटिल प्रकारका रोगबाट पनि बचाउँछ ।  पूर्ण रुपमा पाकेको केराले तपाईको शरीरलाई धेरै प्रकारका र...

पुस २८, २०८०

काठमाडौंको चन्द्रागिरिस्थित सेतो पहरामा शनिवार दिउँसो कार दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । काठमाडौंबाट चित्लाङका लागि छुटेको प्रदेश - ३ - ०१ - ०२३ च ६९८५ नम्बरको कार दुर्घट...

कात्तिक १९, २०८०

धेरै मानिसको मुटुरोगका कारण मृत्यु हुन्छ । आजकल त युवा अवस्थामै मुटुरोग वा हृदयघात भएर मर्ने व्यक्तिको संख्या बढ्दो छ । तर हृदयघात हुँदैछ भनी सचेत गराउने संकेतहरू शरीरले पहिल्यै दिन्छ । हुन त सबैलाई यस्त...

मंसिर १७, २०८०

मुख शरीरको महत्वपूर्ण अंग हो । खान, बोल्न र हाँस्नमा मुखको विशेष भूमिका हुन्छ । त्यसैले मुखको सरसफाइमा कुनै लापरबाही गर्नुहुँदैन । मुखको सफाइ नगर्दा गन्ध आउने मात्रै होइन, दाँत र गिजामा विभिन्न रोग निम्तिन पनि...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x