०४ असार २०८३, बिहीबार

कर्णालीमा थपिए ३५ जना कोरोना संक्रमित, कुल संख्या ३ हजार ६३ पुग्यो

असोज २, २०७७
कर्णालीमा थपिए ३५ जना कोरोना संक्रमित, कुल संख्या ३ हजार ६३ पुग्यो

कर्णालीमा कोरोना संक्रमण पुष्टि हुनेको संख्या ३ हजार ६३ पुगेको छ ।

सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखाका प्रमुख वृषबहादुर शाहीका अनुसार पछिल्लो चौबीस घण्टामा कोरोना संक्रमितको संख्या ३५ थपिएको छ, जसमा सुर्खेतका ६ जना, सल्यानका ६ जना,  रुकुम पश्चिमका २३ जना छन् ।

पछिल्लो २४ घण्टामा कोरोना निको भई डिस्चार्ज हुनेको संख्या १६ रहेको छ भने  कुल डिस्चार्ज हुनेको संख्या २ हजार ६ सय ४९ रहेको छ ।

कर्णालीका विभिन्न जिल्लामा ४०८ जना आइसोलेसनमा बसेर उपचार गराइरहेका छन् ।

सुर्खेत जिल्लामा मात्रै कोरोना पोजेटिभ भई आइसोलेसनमा बसेर उपचार गर्नेको संख्या २४६ रहेको छ, जसमा प्रदेश अस्पतालमा ५१ जना, वीरेन्द्रनगर आइसोलेसन सेन्टरमा सातजना, होम आइसोलेसनमा १५३ जना, वीरेन्द्रनगर होटल आइसोलेसनमा ८ जना, गुर्भाकोटमा ७ जना, भेरीगंगामा ५ जना,  बराहतामा एक जना र सिम्ता आइसोलेसनमा १४ जना उपचार गराइरहेका छन् ।

दैलेखमा २०  जना,  जाजरकोटमा ६ जना, सल्यानमा ४४ जना, रुकुम पश्चिममा ३२ जना र जुम्लामा ४ जना आइसोलेसनमा बसेर उपचार गराइरहेका छन् ।

हाल कर्णालीका कालिकोट, हुम्ला, मुगु र डोल्पामा कोरोनाका एक पनि सक्रिय केश नरहेको प्रमुख शाहीको भनाइ छ ।

salt training

कमेन्ट गर्नुहोस्