
गण्डकी प्रदेशमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३२ पुगेको छ ।
नवलपरासी (बर्दघाट सुस्ता पूर्व) जिल्लाको देवचुली–११ का ३१ वर्षीय पुरुषको शुक्रबार बिहान चितवन मेडिकल कलेजमा निधन भएको हो ।
गएको भदौ २५ मा अस्पताल भर्ना भएका उनमा भोलिपल्ट कोरोना संक्रमण पुष्टि भएको थियो ।
श्वासप्रश्वास तथा मिर्गौला सम्बन्धी समस्याबाट ग्रसित ती पुरुषको शुक्रबार बिहान १२ बजेर १८ मिनेटमा उपचार क्रममा मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशनालय, पोखराले विज्ञप्तिमार्फत जनाएको छ ।
यो सहित गण्डकीमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ३२ पुगेको छ ।
प्रदेशमा हालसम्म कोरोना संक्रमितको संख्या ३ हजार ३ सय ३६ पुगेका छन् । शुक्रबारमात्रै ५६ संक्रमित थपिएका हुन् ।