
यस वर्षको मदन पुरस्कार महारानी उपन्यासलाई दिइने भएको छ ।
मदन पुरस्कार गुठीले वर्ष २०७६ को मदन पुरस्कार चन्द्रप्रकाश बानियाँको महारानी उपन्यासलाई दिने भएको हो ।
गुठीलाई १ सय ५१ पुस्तक प्राप्त भएकोमा मदन पुरस्कार सूची २०७६ मा ७ पुस्तक छनोट गरिएको थियो ।
७ वटा पुस्तकमध्येबाट छनोट गरी महारानी उपन्यासलाई मदन पुरस्कार दिने निर्णय गरिएको गुठीले जनाएको छ ।
यस्तै जगदम्बा श्री पुरस्कार शान्ति ठटालले पाउने भएका छन् ।
गुठीले हरेक वर्ष मदन पुरस्कार र जगदम्बा श्री पुरस्कार वितरण गर्दै आएको छ ।
