०६ असार २०८३, शनिबार

कास्कीमा कोरोनाका सक्रिय संक्रमितको संख्या ५ सय नाघ्यो

असोज १४, २०७७
कास्कीमा कोरोनाका सक्रिय संक्रमितको संख्या ५ सय नाघ्यो

गण्डकी प्रदेशमै पहिलोपटक एकै जिल्लामा सक्रिय संक्रमितको संख्या ५ सय नाघेको छ । 

प्रदेशका अन्य जिल्लामा क्रमशः संक्रमित संख्या घट्दै गएको अवस्थामा कास्कीमा भने संक्रमित दिनप्रतिदिन बढ्दै गएका हुन् ।

प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार बुधवारसम्म कास्कीमा ५ सय ३९ जना सक्रिय संक्रमित रहेका छन् । 

कास्कीमा कुल संक्रमित संख्या ९ सय ४४ रहेकोमा ३ सय ९४ जना निको भइसकेका छन् भने ११ जनाको मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ । 

विगतमा कोरोनाको ‘हटस्पट’ मानिएका स्याङ्जा, बाग्लुङ, नवलपुर, तनहुँमा भने हाल सक्रिय संक्रमितको संख्या घट्दो छ ।

स्याङ्जामा हाल २० मात्र सक्रिय संक्रमित छन् । त्यहाँ कुल ३ सय ९८ जना संक्रमित भएका थिए । 

बाग्लुङमा मात्र ६५ जना सक्रिय संक्रमित छन् । त्यहाँ ३ सय ८९ जना संक्रमित पुगेका हुन् ।

त्यस्तै, नवलपुरमा ८ सय ६१ कुल संक्रमितमध्ये हाल २ सय ५७ सक्रिय केस छन् भने तनहुँमा ४ सय ३३ संक्रमितमध्ये ९२ मात्र सक्रिय केस छन् । 

लमजुङमा ६२, गोरखामा ४९, पर्वतमा ९, मनाङमा ४ र म्याग्दीमा १ जनामात्र सक्रिय केस छन् । मुस्ताङमा संक्रमित शून्य छ । 

गण्डकीमा हालसम्म ३३ जना संक्रमितको मृत्यु भएको छ ।

salt training

कमेन्ट गर्नुहोस्