
कैलालीको गोदावरी नगरपालिका–५ गेटामा रहेका ४ वटा पसल आगोले जलेर नष्ट भएका छन् ।
गेटास्थित गेटा आँखा अस्पताल अगाडि रहेका पसल बिहीवार आगलागीबाट जलेर नष्ट भएका हुन् ।
विद्युत् सर्ट भई आगलागी भएको ईलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ । आगलागीबाट केशव बोहराको चियानास्ता पसल, जगदिश चौधरी, रमेश चौधरी र शिवचरण रानाको किराना पसल जलेर नष्ट भएको ईलाका प्रहरी कार्यालय मालाखेतीका डीएसपी ज्ञानबहादुर बिष्टले जानकारी दिए ।
आगलागीबाट लाखौंको क्षति भएको अनुमान गरिएको छ । पसलमा सल्किएको आगोलाई गोदावरी नगरपालिकाको दमकल र गेटामा रहेको प्रहरी बिटबाट खटिएको प्रहरीको टोलीले नियन्त्रणमा लिएको थियो ।