
एप्पलले आईफोन प्रयोगकर्ताहरूका लागि फुटेको स्क्रीन आफैं ठीक पार्ने प्रविधि विकसित गरेको छ ।
उक्त प्रविधिको पेटेन्टका लागि निवेदन दिँदै एप्पलले फोल्ड गर्न मिल्ने आईफोनमा यो सुविधा रहने बताएको छ ।
फोल्ड हुने स्मार्टफोनमा स्क्रीन क्षति हुने समस्या प्रायः आउने गरेको छ किनकि धूलो र अन्य कणहरू अड्केर स्क्रीन कोतर्ने गरेका छन् अनि विविध कारणले फुट्ने समस्या पनि आउँछन् ।
प्रस्तावित प्रविधिले इलास्टोमिटर उपयोग गर्नेछ । यो वस्तुलाई तताएमा आफ्नो पुरानै स्वरूपमा फर्किन्छ ।
एप्पलको यो प्रविधि फोन, ल्यापटप, ट्याब्लेट, घडी तथा अन्य डिभाइसमा उपयोग गरिनेछ ।