०३ असार २०८३, बुधबार

बुटवलमा रोकिएन विरोध प्रदर्शन, नेविसंघ र तरुण दलको मोटरसाइकल र्‍याली

असोज २१, २०७७
बुटवलमा रोकिएन विरोध प्रदर्शन, नेविसंघ र तरुण दलको मोटरसाइकल र्‍याली

लुम्बिनी प्रदेशको स्थायी राजधानी दाङको देउखुरी तोकिएको विरोधमा बुधवार पनि बुटवलमा प्रदर्शन भएको छ ।

नेपाल तरुण दल र नेविसंघले संयुक्त रूपमा बुटवलमा मोटरसाइकल र्‍याली निकाली विरोध प्रदर्शन गरेका हुन् ।

गोलपार्कबाट शुरू भएको मोटरसाइकल र्‍याली राजमार्ग चौराह, योगीकुटी, बेसक्याम्प, दीपनगर, भुडकीचोक हुँदै ट्राफिक चोकमा  पुगेको हो ।

विरोध र्‍यालीमा सहभागीले मुख्यमन्त्री शंकर पोखरेलको राजीनामा समेत माग गरेका थिए ।

salt training

कमेन्ट गर्नुहोस्