
यतिबेला महानायक राजेश हमालले चलाएको 'जातको प्रश्न'लाई लिएर सामाजिक सञ्जाल तातिएको छ । उनी समता फाउन्डेसन क्रिश्चियन एड नेपालको सहयोगमा डिजाइन गरिएको कार्यक्रम जातको प्रश्नमा विज्ञहरूसँग बहस गरिरहेका छन् ।
क्रिश्चियन एड नेपालको सहयोग लिएर हिन्दू धर्ममा विकारका रूपमा रहेको जातप्रथाका बारेमा बहस चलाइनु सही हो कि गलत हो ? सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले दुवै पक्षमा तर्क गर्ने गरेका छन् ।
तर यहाँ प्रश्न उठ्छ, के क्रिश्चियन धर्ममा जातप्रथा छैन ? छ भने क्रिश्चियन सहयोग संस्थाले हिन्दू धर्ममा रहेको जातप्रथाको बारेमा बहस चलाउन किन पैसा खर्च गरिरहेको छ त ?
बाइबल अध्येता जोन हड्सनले एक आलेखमा भनेका छन्, 'क्रिश्चियनमा जन्मजात कोही ठूलो र सानो हुँदैन, तर विभिन्न सामाजिक समूहहरूमा भने ठूलो सानोको भावना रहेको हुन सक्छ । जात नै भन्न नमिले पनि विभिन्न समूहका फरक फरक चर्च हरू हुने गर्छन् । एकले अर्कोलाई आफूभन्दा सानो या निचकोटीको ठान्छन् ।'
उसो त नेपालमा धर्म परिवर्तन गरेर क्रिश्चियन भएकाहरूमा पनि जातिप्रथा कायमै छ । कथित दलित जातबाट क्रिश्चियन धर्म अंगालेका र कथित उच्च जातबाट क्रिश्चियन धर्म अंगालेकाहरूमा छुवाछुत कायमै रहेको विभिन्न अध्ययनहरूले देखाएका छन् ।
नेपालमा मात्र नभएर दक्षिण भारतमा हिन्दूबाट क्रिश्चियन बनेकाहरूमा जातिप्रथा देखिन्छ । गत जुलाईमा कास्ट इन् क्रिश्चियानिटी लेख लेखेका भारतीय लेखक जो जोश भन्छन्, 'भारतको दक्षिण राज्य केरलामा उच्च जतिबाट क्रिश्चियन भएकाहरूले तल्लो जातिका क्रिश्चियनहरूलाई हेर्ने दृष्टिकोण फरक छ ।'
उसो त क्रिश्चियनहरूमा बाइबललाई हेर्ने दृष्टिकोण पनि फरक छ । अहिलेसम्म ५ थरी बाइबल लेखिएको छ । प्रोटेस्टेन्ट, क्याथोलिक, ज्यूस, एङलिकन र ग्रीक अर्थोडक्स गरी ५ वटा बाइबलहरू हालसम्म लेखिएका छन् ।
सबै बाइबलले आफूमात्र प्रभुको सच्चा आवाज भएको दाबी गर्ने गर्छन् र अर्को समूदायलाई निम्नकोटीको अथवा शाशित वर्गको रूपमा चित्रण गर्ने गरेका छन् ।