२६ असार २०८३, शुक्रबार

मन्त्री भेटेका भारतीय राजदूत कन्ट्याक्ट ट्रेसिङमा परे

मन्त्री भेटेका भारतीय राजदूत कन्ट्याक्ट ट्रेसिङमा परे

नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्रा कन्ट्याक्ट ट्रेसिङमा परेका छन् । पर्यटन मन्त्री योगेश भट्टराईलाई शनिबार भेटेका क्वात्रा शनिबार साँझ मन्त्री भट्टराईमा कोरोना संक्रमण पुष्टि भएपछि कन्ट्याक्ट ट्रेसिङमा परेका हुन् ।
उनी अहिले दूतावासमै सेल्फ आइसोलेशनमा रहेको बताइएको छ भने केही दिनमा पीसीआर गराउने तयारी भइरहेको दूतावास स्रोतले जनाएको छ । हालसम्म उनमा कोरोनासम्बन्धी कुनै लक्षण भने देखिएको छैन ।

salt training

कमेन्ट गर्नुहोस्