०७ असार २०८३, आइतबार

कर्णालीका मन्त्रीलाई ओलीका तर्फबाट नेम्वाङको फोन– यही सरकार कायम रहन्छ, विवाद नबढाउनू

असोज २७, २०७७
कर्णालीका मन्त्रीलाई ओलीका तर्फबाट नेम्वाङको फोन– यही सरकार कायम रहन्छ, विवाद नबढाउनू

कर्णाली प्रदेशमा ३ दिनयताको तनाव साम्य हुने संकेत देखिएको छ ।

कर्णाली प्रदेश सरकारका दुई मन्त्रीलाई प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीको तर्फबाट पूर्व सभामुख सुवास नेम्वाङले फोन गरेर विवाद थप बढाउने गरी अघि नबढ्न निर्देशन दिएका छन् ।

सामाजिक विकास मन्त्री दल रावल र उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री नन्दसिंह बूढालाई फोन गरेर उनले सो निर्देशन दिएका हुन् ।

मन्त्री बूढाले यही सरकार निरन्तरता दिन पार्टी हेडक्वाटरबाट निर्देशन आएको बताए ।

सरकारका प्रवक्ता एवं भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री विमला केसीले यही सरकारलाई निरन्तरता दिन निर्देशन आएको जानकारी दिइन् ।

मन्त्री फेरबदल हुने कि नहुने पछिको कुरा रहेको बताउँदै उनले केही समयमा नै प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबाट लिखित निर्देशन नै आउन लागेको थाहा पाएको उनले बताइन् ।

प्रदेश सभामा नेकपा संसदीय दलका नेता समेत रहेका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध संसदीय दलमा १८ सांसदले अविश्वासको प्रस्ताव दर्ता गरेपछि कर्णालीमा विवाद बल्झिएको थियो ।

कमेन्ट गर्नुहोस्