मंसिर २५, २०८०
दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो । दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...
आजभन्दा ठीक २ वर्षअघि सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले सरकारको गियर बदल्ने प्रसंग निकालेका थिए ।
२०७५ सालको असोज २० गते काठमाडौंमा आयोजित शुभकामना आदानप्रदान समारोहमा प्रचण्डले सरकारको गियर बदल्ने कुरा गरिरहँदा केपी शर्मा ओली नेतृत्वको सरकारले १ वर्ष पनि पूरा गर्न पाएको थिएन ।
'गियर' बदल्ने प्रसंगले सरकारको कामकारवाहीमा प्रचण्ड त्यतिबेलै सन्तुष्ट थिएनन् भन्ने प्रस्ट हुन्छ । २०७४ सालको फागुनमा बनेको सरकारसँग जेठसम्म 'हनिमुन पिरियड' थियो । जेठ २०७५ सालको १५ गते वामपन्थीको बहुमत भएको सरकारले बजेट ल्यायो । त्यसपछि सरकारको विश्वसनीयतामा ह्रास आउन शुरू भयो । असोजमा प्रचण्डले सरकारले गति लिन नसकेको आशयका साथ 'गियर'को प्रसंग उठाए ।
गियरकै प्रसंगमा कार्यकारी प्रमुख ओलीले पनि २०७५ को अन्त्यमा मुख खोले । 'सरकारको ब्याक गियर छैन, अब अगाडि बढेको बढ्यै गर्छ,' २०७५ चैत १० गते बसेको संसद बैठकमा बोल्दै प्रधानमन्त्री ओलीले यसो भनेका थिए । ओलीले यो प्रसंग नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको नेकपालाई चेतावनी दिने क्रममा निकालेको भने पनि यसले सरकारको त्यतिबेलाको 'गति'लाई पनि राम्रोसँग परिभाषित गर्छ ।
गियरको प्रसंग ओलीले पहिलोपल्ट निकालेका होइनन् । २०७३ साल मंसिर २४ गते तत्कालीन एमालेका अध्यक्षसमेत रहेका ओलीले प्रचण्ड नेतृत्वको सरकारको गियर फसेको भन्दै कडा टिप्पणी गरेका थिए । 'एमालेबाहेक अरूले सरकार चलाउनै सक्दैन भन्ने देखियो’, ओलीले भनेका थिए, ‘कांग्रेस माओवादीको पनि गियर फसेको देख्नुभएन ?’
प्रतिपक्षमा हुँदा सरकारलाई 'निकम्मा' देख्ने र सत्ता सम्हालेपछि आफूलाई 'अब्बल' देख्ने रोगको संक्रमण नेपाली राजनीतिमा धेरै पहिल्यैदेखि शुरू भएको हो । समृद्धि, स्थायित्व, समाजवाद लगायतका नाराहरू दिएर दुईतिहाइ जनमत प्राप्त गरेको नेकपाको गियर यतिबेला फसेको टिप्पणी भइरहेको छ ।
नेकपाको गियर फसेको टिप्पणी प्रतिपक्षी दल, नागरिक समाज र विश्लेषकहरूबाट मात्र आएको छैन, सत्तारूढ दलकै कतिपय नेताहरूबाट पनि आउने गरेको छ । गत सालको मंसिर ४ गते पुनर्गठन भएको मन्त्रीमण्डलबाट बाहिरिएका एक मन्त्री भन्छन्, 'हाम्रा कारणले सरकारले काम गर्न नसकेको जस्तो देखाउन खोजिएको थियो । हामी निस्क्यौं, सरकार त ६ गियरमा कुँद्नु पर्ने हो । तर हल न चल भएर बसेको देखिएको छ । सरकार कति गियरमा कुदेको छ भनेर तपाईंले प्रधानमन्त्रीलाई नै सोध्नुभयो भने सही जवाफ आउला ।'
कोरोना नियन्त्रण र रोकथामका सन्दर्भमा केही महिना अघिसम्म अन्य देशहरूसँग नेपालको तथ्यांक तुलना गरेर अवस्था नबिग्रेको दाबी गर्ने सरकारी अधिकारीहरू अहिले 'बर्बाद भयो' भन्दै हिँडिरहेका छन् । बेसार पानी पिए कोरोना निको हुने भन्दै संसदमा गर्विलो भाषण गर्ने प्रधानमन्त्री ओली आजकल यसबारे कुरै गर्दैनन् ।
नेपालीको इम्युनिटी पावर धेरै हुने दलील पेश गरेका प्रधानमन्त्री ओलीसँग १ लाख २९ हजारमा संक्रमण कसरी भयो र ७ सय २७ को निधन किन भयो भन्ने प्रश्नको जवाफ शायद अहिले छैन ।
लक्षणसहितका सक्रिय संक्रमितहरूले बेड नपाएर हारगुहार गरिरहेको समाचार आजकल सामान्य भयो । ३ दिन र रात भुइँमा सुतेर टेकुमा कोरोना परीक्षण गर्न बसिरहेका नागरिकको दु:ख सरकारले देखेको छैन ।
पहिला–पहिला मन्त्रीहरू पनि निकै चुरीफुरीका साथ कोरोना नियन्त्रणमै रहेको फलाक्दै हिँड्ने गर्दथे । आजकल सरकारका तर्फबाट जम्मा एकजना मान्छे बोल्छन् । ती हुन्, स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतम । अन्य निकायमा फोन गरेर सूचना माग्दा जवाफ आउँछ, 'प्रवक्ताबाहेक अन्य कोही पनि यसविषयमा बोल्न मिल्दैन ।'
डा. गौतमले पनि कोरोना नियन्त्रण र रोकथामको जिम्मेवारी जनताको थाप्लोमा आएको भनेर बारम्बार भन्ने गरेकै छन् । त्यसो भए जनतालाई सरकार किन चाहियो त भन्ने प्रश्न यतिबेला सामाजिक सञ्जालमा सबैभन्दा धेरै सोधिने प्रश्न हो ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालले यो सरकार 'ब्याक गियर'मा हिँडिरहेको टिप्पणी गरे ।
'गर्नुपर्ने काम नगरेर उल्टो उल्टो काम मात्र गर्ने सरकार ब्याक गियरमा हिँडेको भन्न मिल्छ,' डा. रिजालले लोकान्तरसँग भने, 'कोभिडको संक्रमण, भ्रष्टाचार, अनियमितता, स्वेच्छाचारिता सबै ६ गियरमा अगाडि कुदिरहेका छन्, तर सरकार भने ब्याक गियरमा छ ।'
उनले जनतालाई राहत दिने विषयमा सरकार उदासीन देखिएको, अर्थतन्त्र पुनरुत्थानमा सरकारको कुनै योजना नभएको, जनतालाई विश्वास दिलाउन नसकेको बरू उल्टै स्वास्थ्य सामग्री खरिदमा भ्रष्टाचार गरेको भन्दै सरकारको आलोचना गरे ।
प्रतिपक्षमा हुँदा सरकारको गियर फसेको देख्ने प्रधानमन्त्री ओलीकै सरकारको गियर फसेको कतिपय विश्लेषकरूले टिप्पणी गर्ने गरेका छन् । 'अहिले सरकार न्युट्रलमा छ,' राजनीतिक विश्लेषक सीकेलालले लोकान्तरसँग भने, 'न फ्रन्ट गियर लाग्छ, न ब्याक गियर लाग्छ ।'
उनले ओलीमाथि जानी जानी सरकारलाई न्युट्रलमा राखेको आरोप लगाए । 'कि अगाडि हिँड्नुपर्यो, अगाडि गयो भने समाजलाई समावेशी, प्रगतिशील दिशातर्फ लैजानुपर्ने हो त्यो छैन,' उनले भने, 'कि पछाडि पर्किनुपर्यो । पछाडि फर्क्यो भने टिक्दैन । न्युट्रलमा गाडी जतिबेलासम्म रहिराख्छ, रहिराखोस् । म सत्तामा भइराख्छु भनेर बसिरहेको जस्तो देखिन्छ ।'
अर्का राजनीतिक विश्लेषक नरेन्द्रजंग पिटरले सरकारको 'ब्रेक फेल' भएको टिप्पणी गरे । पिटरले लोकान्तरसँग भने, 'दगुरिरहेको गाडीको गियर पनि फेल भएको छ, ब्रेक पनि फेल भएको छ । कहाँ गएर ठोक्किने हो, कस्तो दुर्घटना हुने हो केही थाहा छैन ।'
उनले ड्राइभरमा सुझबुझ हुनुपर्नेमा झन् अराजक भएको आरोप लगाए । 'प्रधानमन्त्रीमा कुनै सुझबुझ छैन । सुझबुझ भएको भए यस्तो संकटलाई कसरी समाधान गर्ने भन्नेतिर लाग्थे होला । कम क्षतिमा ब्रेक फेल भएको सरकारलाई रोक्न सकिन्थ्यो । त्यो देखिएको छैन ।'
पिटरले ओलीले पहिला जनतासमक्ष गर्ने गरेका प्रतिबद्धतालाई अहंकारले बढारेको टिप्पणी गरे । 'अहंकारको राजनीतिमा इतिहासको कुनै अर्थ हुँदैन,' उनले भने, 'नत्र १४ वर्ष जेल बसेर आएका ओली र १० वर्ष जनयुद्ध गरेर आएका प्रचण्ड विना कुनै प्रतिबद्धता यहाँ आएका हुन् र ?'
मन्त्रिमण्डल पुनर्गठनले फेरिएला गियर ?
सरकारका कामकारवाही प्रभावकारीरूपमा अघि बढाउन नेकपा स्थायी कमिटी बैठकले मन्त्रिमण्डल पुनर्गठनको निर्णय गरेको थियो । व्यापक रूपमा हेरफेर गर्नुपर्ने अध्यक्ष प्रचण्डको सुझावविपरीत ओलीले रिक्त रहेका केही मन्त्रालयमा मन्त्री नियुक्त गरे ।
अर्थमन्त्रालयमा महासचिवसमेत रहेका विष्णु पौडेललाई नियुक्त गरियो भने सञ्चार मन्त्रालयमा महिला तथा बालबालिका मन्त्रीको जिम्मेवारीमा रहेका पार्वत गुरुङलाई नियुक्त गरियो ।
त्यस्तै रक्षा मन्त्रालय सम्हालिरहेका उपप्रधानमन्त्री ईश्वर पोखरेललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय हेर्ने गरी स्थानान्तरण गरियो ।
शहरी विकासमा कृष्ण गोपाल श्रेष्ठ र महिला तथा बालबालिका मन्त्रालयमा लीला श्रेष्ठ पुगेका छन् ।
पौडेललाई अर्थमन्त्री बनाइएकोमा उद्योगी व्यवसायीहरू खुसी छन् । नेपाल उद्योग परिसंघका अध्यक्ष सतिश मोरले लोकान्तरसँग कुरा गर्दै भने, ‘नवनियुक्त अर्थमन्त्री पौडेल यसअघि पनि अर्थमन्त्री भइसक्नुभएको व्यक्तित्व हुनुहुन्छ, उहाँमा कामको अनुभव छ, सकारात्मक सोच राखेर अगाडि बढ्नुपर्ने देखिन्छ ।’
नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्ष दीपक मल्होत्राले राहत महसूस भएको टिप्पणी गरे । जनतासँग भिजेको नेता भन्दै विष्णु पौडेलको अर्थमन्त्रालयमा आगमन भएपछि आमजनतामा केही आशाको सञ्चार जागेको छ । तर यतिले नपुग्ने भन्दै नेकपाका नेताहरू अझै असन्तुष्ट छन् ।
मन्त्रीमण्डलको सामान्य पुनर्गठनले सरकार प्रभावकारी नहुने नेकपाका एक स्थायी कमिटी सदस्यले दाबी गरे ।
'यो मन्त्रिमण्डल पुनर्गठन नै होइन,' उनले भने, 'सरकारको समग्र कामको समीक्षा गरेर अधिकांश नयाँ र सक्षम अनुहार मन्त्रिमण्डलमा ल्याउनुपर्छ । यो त झारा टारेको जस्तै भयो । यसले सरकारको गियर फेरिँदैन ।'
दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो । दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...
भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...
सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...
‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...
जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो । जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...
गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ । ...
मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...
२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...