
उपत्यकामा बितेको २४ घण्टामा थप २७२० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा मात्रै कोरोना संक्रमितको संख्या ५४ हजार नाघेको छ ।
मन्त्रालयको तथ्यांकअनुसार काठमाडौंमा संक्रमित ५४ हजार २४५, निको हुनेको संख्या ३३ हजार ८६३ र मृतकको संख्या १८६ रहेको छ । यस्तै हालसम्म काठमाडौंमा २० हजार १९६ जना सक्रिय संक्रमित रहेका छन् ।
यसैगरी भक्तपुरमा कुल संक्रमितको संख्या ५ हजार ४८ रहेको छ भने निको हुनेको संख्या ३ हजार ६२९ र मृतकको संख्या ५४ रहेको छ । यस्तै हाल १३ सय ६५ जना सक्रिय संक्रमित रहेका छन् ।
यस्तै ललितपुरमा संक्रमितको संख्या हालसम्म ७ हजार ५६०, निको हुनेको संख्या ४ हजार ९३३ र मृतकको संख्या ५३ रहेको छ । यस्तै सक्रिय संक्रमितको संख्या २ हजार ५७४ रहेको छ ।
मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ४६ हजार ६९१ रहेको छ भने मृतकको संख्या ८२९ पुगेको छ ।