०७ साउन २०८३, बिहीबार

‘बाहुबली’ पछि अब रामायणमा आधारित फिल्म बन्ने

कात्तिक २०, २०७४
‘बाहुबली’ पछि अब रामायणमा आधारित फिल्म बन्ने
मुम्बई — भारतीय चलचित्र बाहुबलीको सफलतापछि हिन्दू धर्मको धार्मिक ग्रन्थ रामायणमा आधारित चलचित्र ‘रामायण’ बनाउने तयारी भएको छ । चलचित्र ५ सय करोड बजेटमा बन्ने हल्ला पनि बाहिर आएको छ ।

तीन निर्माताले संयुक्त रुपमा निर्माण गर्ने चलचित्रलाई हिन्दी, तेलेगु र तामिल भाषामा बनाइनेछ । तीन भागमा बन्ने चलचित्र थ्रीडीमा बन्ने भएको छ । बाहुबलीभन्दा पनि अझै उत्कृष्ट बनाउने योजना सहित बनाउन लागेको चलचित्रको स्किृप्टमा तीन वर्षदेखि काम भइरहेको छ । चलचित्रमा परिवारका तीन पुस्ता रहनेछन् ।

कथालाई कसरी आकर्षक बनाउन सकिन्छ भनेर चलचित्रको काम भइरहेको बताइएको छ । कलाकारसम्बन्धी विभिन्न समाचार बाहिर आएपनि अझै कलाकार भने अझै चयन भएको छैन ।

salt training

कमेन्ट गर्नुहोस्